बेलायतले सबैभन्दा तिब्र एआई सुपर कम्प्युटर निर्माण गर्न २७३ मिलियन डलर खर्च गर्ने

  • Technology Khabar | १८ कार्तिक २०८०, शनिबार
बेलायतले सबैभन्दा तिब्र एआई सुपर कम्प्युटर निर्माण गर्न २७३ मिलियन डलर खर्च गर्ने

काठमाडौं ।

बेलायत सरकारले आफ्नो सबैभन्दा शक्तिशाली सुपर कम्प्यूटर इसाम्बर्ड–एआई निर्माण गर्न २७३ मिलियन अमेरिकी डलर लगानीको गर्ने घोषणा गरेको छ।

साथै यो स्विच अन भएपश्चात विश्वको शीर्ष एआई सुपरकम्प्युटरहरू माझ हुने उल्लेख गरिएको छ। यसमा हजारौं एनभिडिया सुपरचिपहरू प्याक गरिने छ भने यसले प्रति सेकेन्ड २०० क्वाड्रिलियन क्याल्कुलेसन संचालन गर्न अनुमति दिने उल्लेख छ।

इसाम्बर्ड–एआई सन् २०२४ को गर्मीदेखि सञ्चालन सुरु गरिने अपेक्षा गरिएको छ भने ब्रिस्टल विश्वविद्यालयद्वारा होस्ट गरिने इनग्याजेटमा उल्लेख गरिएको छ।

यस सुपर कम्प्यूटरलाई ह्यूलेट प्याकार्ड इन्टरप्राइजले निर्माण गर्ने र ५,४४८ ओटा एनभिडियाको जीएच२०० ग्रेस होपर सुपरचिप्स प्रयोग गर्ने भनी एनभिडियाले आफ्नै घोषणामा बताएको छ।

त्यसैगरी यसले एआई पर्फमेन्सको २१ एक्साफ्लप्स भन्दा धेरै, वा ट्रेनिङ्ग लार्ज ल्याङ्गवेज मोडल्स (ठूला भाषा मोडलहरू तालिम दिने) जस्ता एआई एप्लिकेसन्सका लागि प्रति सेकेन्ड २१ क्विन्टिलियन फ्लोटिङ्ग पोइन्ट अपरेशनहरू भन्दा धेरै प्राप्त गर्न सक्षम हुनेछ। यस इसाम्बर्ड–एआई हाल बेलायतमा रहेको सबैभन्दा तिब्रगतिको सुपर कम्प्युटर भन्दा १० गुणा छिटो हुने ब्रिस्टल विश्वविद्यालयले जनाएको छ। साथै यसलाई ब्रिस्टलको नेश्नल कम्पोजिट सेन्टरमा “सेल्फ-कूल्ड, सेल्फ-कन्टेन्ड डाटा सेन्टर” मा राखिनेछ।

यो घोषणा बेलायतको एआई सेफ्टी समिटको क्रममा आएको हो, जहाँ अमेरिकासहित धेरै देशहरुका नेताहरूले एआईको भविष्य र यसका सम्भावित जोखिमहरूबारे छलफल गर्दैछन्।

इसाम्बर्ड–एआई अन्ततः बेलायतका अन्य सुपर कम्प्यूटरहरूसँग सम्पर्क गर्न प्रयोग गरिने र यसले पर्फमेन्सलाई अझ बुस्ट गर्ने जनाइएको छ। साथै इसाम्बर्ड–एआई एक पटक संचालनमा आईसकेपछि यो ओपन साइन्सका लागि सबैभन्दा शक्तिशाली एआई प्रणालीहरू मध्ये एक हुने ब्रिस्टल विश्वविद्यालयका साइमन म्याकइन्टोस–स्मिथले बताएका छन्।

प्रकाशित: १८ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार