निसान २०२८ सम्ममा सोलिड-स्टेट ब्याट्रीयुक्त ईभी लन्च गर्ने योजनामा

Technology Khabar १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

निसानले सन् २०२८ सम्ममा अल-सोलिड-स्टेट ब्याट्री (एएसएसबीएस) भएको विद्युतीय सवारीसाधन लन्च गर्ने योजना बनाएको छ।

निसानले अल-सोलिड-स्टेट ब्याट्री इन हाउस विकास भइरहेको र हाल प्रयोगमा रहेका लिक्विड लिथियम(आयन ब्याट्रीहरूको तुलनामा इनर्जी डेनसिटीलाई दोब्बर गरेर ‘गेम चेन्जिङ गर्ने प्रविधि’ मानिएको छ । त्यस्तै चार्ज गर्न लाग्ने समय एक तिहाइसम्म कटौती गर्न सकिने उल्लेख छ।जापानी अटोमेकरले सबै प्रकारका कारहरूमा एएसएसबीएस राख्न चाहेको छ। जसमा हाइ पर्फरमेन्स सवारीहरु पनि रहेको बताइएको छ।

यसमा जीटी-आर पनि समावेश रहेको, जुन २००७ देखि उत्पादनमा छ। टप गियर म्यागजिनसँगको अन्तर्वार्तामा, कम्पनीको ग्लोबल प्रोडक्ट बोस इभान एस्पिनोसाले सुपरकारको सबैभन्दा ठूलो शत्रु वजन रहेको तथा हालको ब्याट्रीहरू धेरै भारी भएकाले निसानले एएसएसबीएस पूर्ण रूपमा गाडीलाई इलेक्ट्रिफाई गर्नका लागि पर्खन चाहेको बताए। इनर्जी डेनसिटी दोब्बर गर्नाले ईन्जिनियरहरूलाई सानो ब्याट्री इन्सटल गर्न अनुमति दिने जसले २ प्लस २ सेटअप कायम राख्दा तौल सीमित गर्ने उल्लेख छ।

एस्पिनोसाले विकास टोलीले विकास गर्न चाहेको प्याकेजिङको आधारमा बिजुली जीटी-आर सँग  दुई, तीन वा चारवटा मोटरहरू पनि हुने बताए। फोर-ह्वील ड्राइभमा एउटा मोटरले अगाडिको एक्सल चलाउँने तथा अर्कोले पछाडिका पाङ्ग्राहरूलाई शक्ति दिइने बताइएको छ।  गत हप्ता जापान मोबिलिटी शोमा प्रस्तुत गरिएको हाइपर फोर्स कन्सेप्टमा ई-मोटरहरूको पियरबाट ठूलो १ हजार ३ सय ४४१ हर्सपावर थियो।

निसानले पहिले नै भविष्यको निस्मो संस्करणको बारेमा सोचिरहेको उल्लेख छ। यसको तौल अझ कम गर्नको लागि सानो ब्याट्री रहेको बताइएको छ। एस्पिनोसाले नियमित मोडलमा लङ रेञ्जका लागि ठूलो प्याक हुने बताए। जबकि स्पाइसी डेरिभीएटिभ ब्याट्रीलाई स्लिम गरेर एक्स्ट्रा पर्फरमेन्सको लागि  रेन्ज सेक्रीफाइ गरेर ट्र्याक- ओरेन्टेड हुने उल्लेख छ।

उनले इलेक्ट्रिक जीटी-आर “सुपर एक्सक्लुसिभ कार” बन्नु नहुने बताए। उनले सुपरकार क्षेत्रमा प्रवेश गर्नुको सट्टा मूल्य निर्धारण किफायती रहनु पर्ने सुझाव दिए। यद्यपि, आर ३५ सुरुमा नै पहिले भन्दा अधिक महँगो छ। संयुक्त राज्य अमेरिकामा २००९ मोडल ६९ हजार ८ सय ५० अमेरिकी डलरमा बिक्री भएको थियो।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया