तेस्रो त्रैमासिकमा सामसङको राजश्व १२.३ प्रतिशतले घट्यो, सञ्चालन मुनाफामा २६२ प्रतिशतको वृद्धि

Technology Khabar १५ कार्तिक २०८०, बुधबार

काठमाडौं ।

सामसङले तेस्रो त्रैमासिकमा ४९.९९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। कम्पनीले १.८० बिलियन अमेरिकी डलर सञ्चालन मुनाफा गरेको छ।

गत वर्षको सोही अवधिको तुलनामा राजश्वमा १२.३ प्रतिशत गिरावट आएको छ। दोस्रो त्रैमासिकको तुलनामा सञ्चालन मुनाफा २६२ प्रतिशतले बढेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस अवधिमा सामसङले आफ्नो मोबाइल डिभिजनको मोबाइल डिस्प्ले राम्रो माग र फ्ल्यागसिप मोडलमा बलियो बिक्री हासिल गरेको छ। सामसङको मेमोरी व्यवसायले उत्पादनहरुको बढ्दो माग र उच्च औसत बिक्री मूल्यका कारण घाटा कम गर्न सफल भएको छ।

सामसङको मोबाइल डिभिजनले २२.२६ बिलियन अमेरिकी डलर राजश्व र २.२५ बिलियन अमेरिकी डलर सञ्चालन मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८५ प्रतिशत र दोस्रो त्रैमासिकको तुलनामा ८.८ प्रतिशत बढी हो। सानो वृद्धि विश्वव्यापी स्मार्टफोन बजारमा सुधारिएको उपभोक्ता मागका कारण सम्भव भएको हो। सामसङको फ्ल्यागशिप ग्यालेक्सी एस२३ सिरिज र पछिल्लो जेनेरसनको फोल्डेबल्सले अघिल्लो त्रैमासिकको तुलनामा राम्रो माग र उच्च बिक्री हासिल गरिरहेको छ।

प्रकाशित: १५ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया