सामाजिक सञ्जालमार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्लीराम खनाल पक्राउ

  • Technology Khabar | १४ कार्तिक २०८०, मंगलवार
सामाजिक सञ्जालमार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्लीराम खनाल पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल मार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाएको आरोपमा डिल्लीराम खनाललाई पक्राउ परेका छन्।

नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। खनालले सामाजिक सञ्जाल मार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने प्रकाशन तथा प्रदर्शन गरेको आरोप छ।

खनाललाई विद्युतिय कारोबार ऐन, २०६३ बमोजिम अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ।

अभिनेत्री करिश्मा मानन्धरको निजी विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका उनलाई यस पनि ब्युरोले पक्राउ गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार