रिमुभेबल ब्याट्रीसहितको होन्डा एमईभी–भ्यान इलेक्ट्रिक डेलिभरी भ्यान कन्सेप्ट अनावरण

  • Technology Khabar | १३ कार्तिक २०८०, सोमबार
रिमुभेबल ब्याट्रीसहितको होन्डा एमईभी–भ्यान इलेक्ट्रिक डेलिभरी भ्यान कन्सेप्ट अनावरण

काठमाडौं ।

जापानी कार निर्माता होन्डाले ‘एमईभी–भ्यान’ इलेक्ट्रिक डेलिभरी भ्यान कन्सेप्ट अनावरण गर्न लागेको र यसमा ग्रेटर भर्सट्यालिटीका लागि भनेर रिमुभेबल ब्याट्रीहरु समावेश गरिने अपेक्षा गरिएको छ। एमईभी–भ्यान कन्सेप्ट (अवधारणा) लाई जापानमा वास्तविक डेलिभरी सञ्चालनहरूमा रिमुभेबल ब्याट्रीहरूका साथ परीक्षण गरिने उल्लेख छ।

होन्डा एमईभी–भ्यानलाई एन–भ्यान को प्रयोगात्मक र पूर्ण विद्युतीय संस्करण भएको जनाइएको छ। यसलाई रिमुभेबल ब्याट्रीहरूको साथ रिट्रोफिट गरिएको र जापानको यामाटो ट्रान्सपोर्टको सहकार्यमा परीक्षण गरिने छ। यामाटो जापानको सबैभन्दा ठूलो डोर–टुडोर डेलिभरी सर्भिस कम्पनी भएको जनाइएको छ। होन्डा एन–भ्यान प्रोडक्सन भेहिकलमा परिणत भएको र गत महिना अनावरण गरिएको हो।

एमईभी–भ्यान कन्सेप्टमा पूर्ण रूपमा विद्युतीय पावरट्रेन रहेका र यसको होन्डा पावर प्याक ई–मोड्युल्सलाई चार्जिङ्गबाट हटाउन सकिने उल्लेख छ। ब्याट्री प्याकहरूलाई इलेक्ट्रिक भ्यानको क्याबिन फ्लोर मुनि माउन्ट गरिएको र ह्याचहरूको सेटले सुरक्षित गर्नेछ।

ब्याट्रीहरू हटाउन सकिने प्रणालीको छनोटले चार्जको लागि लामो स्ट्यान्डबाइ समय हटाउने छ। साथै यसले पीक पावर उपयोगको असन्तुलनलाई पनि कम गर्नेछ।

यो होन्डा एन–भ्यान मानक मोडलको २१० किमी दायरा भन्दा कम हुने अपेक्षा गरिएको छ। होन्डाले ईभी चार्ज गर्नका लागि सोलार प्यानल प्रयोग गर्नेछ भने अर्को महिना एमईभी–भ्यान कन्सेप्टको प्रदर्शन हुने जनाइएको छ।

प्रकाशित: १३ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...