
काठमाडौं ।
२०२३ को तेस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजारमा केही ह्रास आएको छ। यद्दपी, केही सकारात्मक संकेतहरूले रिकभरीकाे सुझाव दिएका बताइएकाे छ।
आईडीसीको अनुसार, स्मार्टफोन ढुवानी तेस्रो त्रैमासमा वार्षिक दरले ०.१ प्रतिशत कम हुँदै ३०२.८ मिलियन एकाइमा घटेकाे छ। यो कामजोर माग, मुद्रास्फीति, र भूराजनीतिक तनाव सहित धेरै कारकहरूको कारण रहेको उल्लेख छ।
यद्यपि,स्मार्टफोन बजारमा केही ह्रास आएपनि केही उज्याला पक्षहरु पनि देखिएका बताइएकाे छ। मध्य पूर्व र अफ्रिका, ल्याटिन अमेरिका, र एशिया/प्यासिफिक (जापान र चीन बाहेक) जस्ता उदियमान बजारहरूमा ढुवानी बढेका उल्लेख छ। त्यस्तै, धेरै विकसित बजारहरूमा उदार ट्रेड-इन र वित्तिय विकल्पहरूद्वारा संचालित हाइ-इन्डको बजार फस्टाउन जारी रहेको बताइएको छ।
बजारमा सामसङ १९.७ प्रतिशत सेयरको साथ मार्केट लिडर रहेकाे छ। त्यसपछि एप्पल १७.७ प्रतिशत सेयरको साथ सामसङलाई पछ्याएको देखिन्छ भने शाओमी, ओप्पो र ट्रान्जिसन शीर्ष पाँचमा परेका गिज्माेचाइनामा उल्लेख छ।
क्षेत्रीय रूपमा, ६.३ प्रतिशत वार्षिक दरको कमीको साथ चीनले ढुवानीमा सबैभन्दा ठूलो गिरावट देखेको उल्लेख छ। त्यसपछि युरोप, जापान र अमेरिकामा क्रमशः ८.६ प्रतिशत, ५.३ प्रतिशत र १.१ प्रतिशत गिरावट देखिएको थियो।
यद्यपि, उदियमान बजारहरूले क्रमशः १८.१ प्रतिशत, ८.२ प्रतिशत , र १.३ प्रतिशतको ढुवानी वृद्धि देखेका छन्।
समग्रमा, स्मार्टफोन बजारले अझै पनि केही चुनौतीहरूको सामना गरिरहे सँगसँगै केही सकारात्मक संकेतहरू पनि देखिएका छन्। उदियमान बजारहरूको वृद्धि र हाइ-इन्ड बजारको निरन्तर बलले रिकभरीमा रहेको सुझाव दिएकाे छ।
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार