विश्वकै धनी इलन मस्कको सम्पत्ति १६ अर्ब डलरले घट्यो, टेस्लाको कमजोर नतिजाको असर

Technology Khabar ६ कार्तिक २०८०, सोमबार

काठमाडौं ।

ठूला इलेक्ट्रिक भेहिकल (EV) कम्पनी मध्येको एक टेस्ला प्रमुख इलन मस्कको सम्पत्ति १६.७ बिलियन डलरले घटेको छ। यसको कारण तेस्रो क्वाटरमा टेस्लाको कमजोर नतिजा हो। कम्पनीको सोचेभन्दा खराब प्रदर्शन र बिक्री लक्ष्य नपुगेकाले यसको सेयर ९.३ प्रतिशतले घटेको हो।

मस्कको सम्पत्ति २०९ अर्ब डलर छ। टेस्लामा उनको १३ प्रतिशत सेयर छ। मस्कले आफ्नो सम्पत्तिको ठूलो हिस्सा यही कम्पनीबाट पाउँछन्।

टेस्लाको तेस्रो त्रैमासिक नतिजा पछि, उच्च ब्याज दरले बिक्रीलाई असर गरिरहेको उनले भनेका छन्। यो वर्ष पहिलो पटक कम्पनीको त्रैमासिक बिक्रीमा त्रैमासिक गिरावट आएको छ। कम्पनीले गत त्रैमासमा ४ लाख ३५ हजार ५९ सवारीसाधन बिक्री गरेको छ। यसको मार्जिन चार वर्षयताकै न्यूनमा झरेको छ। पछिल्ला केही महिनाहरूमा, टेस्लाले आफ्ना कारहरूको मूल्य घटाएको छ र यसले मार्जिनलाई असर गरेको छ।

तर, मस्कको सम्पत्ति यस वर्ष ७० अर्ब डलरले बढेको छ। यसको मुख्य कारण टेस्लाको शेयर मूल्यमा भएको वृद्धि हो। यो वर्षको अन्त्यसम्ममा १८ लाख युनिट पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया