अमेरिकामा आईओएसको बजार हिस्सा ३९ प्रतिशत पुग्यो

Technology Khabar ४ कार्तिक २०८०, शनिबार

काठमाडौं ।

पछिल्लो कन्ज्युमर इन्टेलिजेन्स रिसर्च पार्टनर्स (सीआईआरपी) रिपोर्टअनुसार गत वर्ष सम्पूर्ण अमेरिकी स्मार्टफोन कस्टमर्स (ग्राहकहरू) मा आईओएसको ३९ प्रतिशत सेयर रहेको छ।

साथै पछिल्लो तथ्याङ्कले सन् २०२२ को मानहरूमा केही वृद्धि भएको प्रतिनिधित्व गरेका र आईओएसले सम्पूर्ण अमेरिकी स्मार्टफोन युजर्स (प्रयोगकर्ताहरू) तर्फ ३७ प्रतिशत योगदान पुर्याएको उल्लेख छ।

तर सन् २०२१ (४४ प्रतिशत) र सन् २०२० (४६ प्रतिशत) को तुलनामा भने ठूलो गिरावट आएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

नयाँ डाटाले अमेरिकी स्मार्टफोन प्रयोगकर्ताहरूको लागि एन्ड्रोइड अझै पनि मनपर्ने मोबाइल ओएस भएको र आईओएस दोस्रो स्थानमा रहेको स्पष्टसँग देखाएको जनाइएको छ।

सीआईआरपीको डाटा विश्लेषणले कोभिड–१९ महामारीको सुरुवातमा स्मार्टफोन बजारमा आईओएसको सबैभन्दा धेरै हिस्सा रहेको देखाएको र त्यसपछिका वर्षहरूमा प्रयोगकर्ता आधारमा थोरै कमी भएको देखाएको छ।

प्रकाशित: ४ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया