Technology Khabar २ कार्तिक २०८०, बिहीबार
काठमाडौं ।
आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सको बारेमा रिपोर्ट गरिएका अन्य समस्याहरूको अतिरिक्त केही प्रयोगकर्ताहरूले अब स्क्रिन बर्न–इनको बारेमा गुनासो गरिरहेका छन्।
डिस्प्लेमा स्थायी रुपमा डिसकलरेसन हुनुलाई स्क्रिन बर्न–इन भनेर बुझिने गरिन्छ भने लामो समयको लागि स्क्रिनमा ईमेज डिस्प्ले (प्रदर्शित) हुँदा यो समस्या उत्पन्न हुने गर्दछ। साथै यस प्रकारको समस्या ओएलईडी डिस्प्लेहरूमा हुने गरेको र आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा पनि प्रयोग हुने डिस्प्लेहरूको प्रकार भनेको ओएलईडी नै भएको उल्लेख गरिएको छ।
रेडिट र एप्पलको सपोर्ट फोरममा धेरै प्रयोगकर्ताहरूले यस समस्याको बारेमा रिपोर्ट गरेको र युजर इन्टरफेसका एलिमेन्टहरू सहितको ‘घोस्टली स्याडोज’ जस्तो देखिने ह्यान्डसेटको तस्बिरहरू साझा गरेका छन्।
त्यसैगरी वेब ब्राउज गर्ने, इमेल जाँच गर्ने र भिडियोहरू हेर्ने जस्ता कार्यहरूका लागि आफ्नो फोन सामान्यरूपमा प्रयोग गर्ने बताएको एक प्रयोगकर्ताले होम स्क्रिनमा भएको बर्न–इन र यूट्यूब भिडियो थम्बनेल सहितको आफ्नो फोनको फोटो पोस्ट गरेको जनाइएको छ।
अर्का प्रयोगकर्ताले पनि घोस्टली किबोर्ड बर्न सहितको आफ्नो फोनको तस्बिरको साथ स्क्रिनमा सोही रेडिट थ्रेडमा टिप्पणी गरेका छन्।
यद्यपि, यो इस्यू (समस्या) व्यापक रूपमा भने देखा नपरेको र यस चरणमा आईफोन १५ प्रो म्याक्समा बर्न–इनको उत्पन्न भएको समस्याको बारेमा रिपोर्टहरू पनि दुर्लभ नै रहेको जनाइएको छ।
आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा यस प्रकारको बर्न–इन इस्यू देखा परेमा पहिलो चरणमा एप्पल सपोर्टलाई सम्पर्क गर्ने वा एपल स्टोर जीनियस बारमा बुकिङ गर्नुपर्ने बताईएको छ। त्यसपश्चात त्यहाँ कम्पनीका विशेषज्ञहरूले समस्यालाई समाधान गर्ने उल्लेख गरिएको छ। यदि इस्यू (समस्या) हार्डवेयर फल्टका कारणले भएको पत्ता लागेमा एक वर्षको सिमित वारेन्टी रहेको आधारमा एप्पलले अमेरिकामा ग्राहकलाई नयाँ डिभाइस प्रदान गर्ने उल्लेख गरिएको छ।
प्रकाशित: २ कार्तिक २०८०, बिहीबार