बीवाईडीको नाफा तीन त्रैमासिकमा ३.१५ बिलियन डलरसम्म हुने अपेक्षा

  • Technology Khabar | २ कार्तिक २०८०, बिहीबार
बीवाईडीको नाफा तीन त्रैमासिकमा ३.१५ बिलियन डलरसम्म हुने अपेक्षा

काठमाडौं ।

चिनियाँ इभी निर्माता बीवाईडीले प्रभावशाली वित्तीय परिणामहरू घोषणा गरेको छ। कम्पनीले सन् २०२३ को पहिलो तीन त्रैमासिकमा २०.५ बिलियन देखि २२.५ बिलियन चिनियाँ युआन (२.८७–३.१५ बिलियन अमेरिकी डलर) को बीचमा पर्याप्त खुद नाफाको अपेक्षा गरेको छ र यो वार्षिक दरमा १२०.१६ प्रतिशत देखि १४१.६४ प्रतिशत सम्मको उल्लेखनीय वृद्धि भएको जनाइएको छ।

त्यसैगरी बीवाईडी अटोले अपेक्षा अनुरुप प्यासेन्जर कारहरूको बलियो निर्यातसहित सेप्टेम्बर २०२३ मा २८७,४५४ इभीहरू बिक्री गरेको र त्यसले कम्पनीको वर्षको कुल बिक्री २.०७ मिलियनमा पुर्याएको उल्लेख गरिएको छ। साथै कम्पनीले वार्षिक ३० लाख भेहिकल्सको महत्वाकांक्षी लक्ष्यमा पुग्ने लक्ष्य लिएको उल्लेख छ।

मुख्य रूपमा, बीवाईडीको न्यू इनर्जी भेहिकल मार्केट (नयाँ ऊर्जा वाहन बजार) मा प्रभावशाली रुपमा रहेको प्रमुख स्थानले गर्दा यी बलियो संख्याहरूलाई सहयोग गरिरहेको छ। कम्पनीले तेस्रो त्रैमासिकमा उल्लेखनीय बिक्री हासिल गरेको र यस क्षेत्रमा ग्लोबल लिडर (विश्वव्यापी नेता) को रूपमा आफ्नो स्थितिलाई थप बलियो बनाएको उल्लेख छ।

त्यसैगरी बीवाईडीको मोबाइल कम्पोनेन्टहरू र एसेम्ब्ली डिभिजन पनि फस्टाएको छ। बढ्दो ग्लोबल मार्केट शेयर (विश्वव्यापी बजार साझेदारी), एन्ड्रोइड–आधारित ग्राहकहरूको चासोको पुनरुत्थान र स्मार्ट टेक्नोलोजी र इनर्जी–इफिसियन्ट भेहिकल्सको बढ्दो मागको कारण कम्पनीको यो पाटो फस्टाएको उल्लेख गरिएको छ। कम्पनीले आफ्नो परिचालन रणनीतिलाई अनुकूलित गरेको र परिणामस्वरूप प्रोफिट मार्जिनमा सुधार भएको बताईएको छ।

बीवाईडीले अगस्टमा फोर्डलाई पछि पार्दै विश्वको टप कार ब्रान्ड र्याङ्किङमा चौथो स्थान हासिल गरेको थियो। साथै कम्पनी अब फक्सवागन, टोयोटा र होन्डा जस्ता अटोमोटिभ जायन्टहरूको नजिक पुग्न लागेको उल्लेख छ।

प्रकाशित: २ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Hello Home Call Center’ launched

  • Technology Khabar
  • २ कार्तिक २०८०, बिहीबार