ताजा समाचार

कामना सेवा विकास बैक र नेपाल पेमेण्ट सोलुसन विच अन्तर बैंक रकमान्तर सेवा सम्झौता

कामना सेवा विकास बैक र नेपाल पेमेण्ट सोलुसन विच अन्तर बैंक रकमान्तर सेवा सम्झौता
Global IME Bank

कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसन विच अन्तर बैंक रकमान्तर सम्वन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेको छ। उक्त सम्झौता वमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एप भित्र रहेको Insta Fund Transfer मार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क वापत रु.१ मात्र लाग्नेछ।

यो योजना कार्तिक १ गतेदेखि लागु भई पुसमसान्त सम्म लागुहुने समेत बैंकले जनाएको छ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ।

Sajilo Visa
easy care