Technology Khabar १ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
क्वालकमले आफ्नो अर्को पुस्ताको फ्ल्यागशिप मोबाइल चिप स्न्यापड्रागन ८ जेन ३ सार्वजनिक गर्ने तयारी गरिरहेको छ। क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिपसेट स्न्यापड्रागन समिटमा घोषणा गरिनेछ।
क्वालकमको नयाँ चिपसेट आगामी प्रिमियम स्मार्टफोनमा फिचर हुने विश्वास गरिएको छ।
चिपमेकर जायन्टले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा स्न्यापड्रागन समिटको मिति घोषणा गरिएको छ। यो सम्मेलन माउई, हवाई मा आयोजित हुनेछ र अनलाइन लाइभ स्ट्रिम पनि गरिनेछ।
क्वालकमको ८ औं वार्षिक न्यापड्रागन समिट २५ अक्टोबर २०२३ अर्थात आगमी मंगलबार आयोजना हुनेछ। तीन दिनको कार्यक्रम २६ अक्टोबरसम्म आयोजना हुनेछ।
कार्यक्रम २३ अक्टोबर १२ पीएम पीडीटीदेखि सुरु हुनेछ। उक्त कार्यक्रममा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिपसेट घोषणा गरिने छ। यो चिपसेटले आगामी पुस्ताको फ्ल्यागशिप स्मार्टफोनलाई पावर दिनेछ।
प्रोसेसर कम्पनीको आगमी टप एण्ड चिपसेट हो। जुन दुई भेरियन्टमा लन्च हुने अपेक्षा गरिएको छ। यसमा टीएसएमसीले निर्माण गरेको ४एनएम र ३एनएम प्रोसेस समावेश हुनेछ। यो प्रोसेसरले फास्ट एलपीडीडीआर५टी र्यामलाई पनि समर्थन गर्ने गिज्मोचाइनाले उल्लेख गरेको छ।
नयाँ स्न्यापड्रागन ८ जेन ३ एड्रेनो ७५० जीपीयूसँग जोडिने अपेक्षा गरिएको छ। साथै यस्मा २ प्लस ३ प्लस ३ प्लस १ कोर संरचनाको आर्किटेक्चर हुनेछ। यी कोरहरू अपग्रेड गरिएका एआरएम कोरहरू पनि हुन् जसले सुधारिएको शक्ति दक्षता र पर्फमेन्स प्रदान गर्नेछ।
प्रकाशित: १ कार्तिक २०८०, बुधबार