एप्पलले तेस्रो पुस्ताको पेन्सिल ३ लन्च गर्ने

  • Technology Khabar | ३० आश्विन २०८०, मंगलवार
एप्पलले तेस्रो पुस्ताको पेन्सिल ३ लन्च गर्ने

काठमाडौं ।

जापानी ब्लग म्याक ओटाकाराको रिपोर्ट अनुसार एप्पलले आज १७ अक्टोबर २०२३ मा एप्पल पेन्सिल ३ लन्च गर्ने रुमर्स छ। रिपोर्टका अनुसार तेस्रो जेनरेसन (पुस्ता)को एप्पल पेन्सिल रिप्लेसएबल म्यागनेट टिपका साथ आउनेछ।

लिकर माजिन बु गत महिना नयाँ एप्पल पेन्सिलमा ड्रोइङका लागि इन्टरचार्जएबल म्यागनेटिक टिप्स, टेक्निकल ड्रोइङ र डिजिटल पेन्टिङ फिचर हुनेछ। यसले टिपमा खराबी आएमा सजिलै परिवर्तन गर्न मद्दत गर्छ।

बुले एप्पलले पेन्सिल ३ अधिक सटिक र धेरै ब्याट्री लाइफ बढी हुने पनि बताए।

हाल एप्पलले दुई जेनरेसनको एप्पल पेन्सिल बजारमा बिक्री गरिरहेको छ। सेकेन्ड जेनरेसनको एप्पल पेनिसल २०१८ मा सार्वजनिक गरिएको थियो। सेकेन्ड जेनरेसनको एप्पल पेन्सिलमा नन् म्यागनेटिक टिप र परिवतर्न गर्न मिल्ने टिप उपलब्ध छ। यो म्यागनेटिक रुपमा २०१८ र नयाँ आईप्याड प्रो मोडेल, २०२० र नयाँ आईप्याड एष्र मोडल र पछिल्लो आईप्याड मिनीमा प्रयोग गर्न सकिन्छ। अमेरिकामा यसको मूल्य १२९ अमेरिकी डलर तोकिएको छ।

लाइटनिङ कनेक्टरको साथ फ्रर्ट जेनरेसनको एप्पल पेन्सिल अझै पनि दसौं जेनरेसनको एन्ट्री–लेभल आईप्याड र केही पुराना आईप्याड मोडेलहरूको लागि उपलब्ध छ। यो यूएसबी सी केनेक्टरका साथ अपडेट हुने चर्चा छ। यो २०१५ मा ९९ अमेरिकी डलरमा सार्वजनिक गरिएको थियो।

प्रकाशित: ३० आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

TVS Racing brings Nepal’s first-ever racing experience

  • Technology Khabar
  • ३० आश्विन २०८०, मंगलवार