एप्पल र सामसङले दोस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन बिक्रीको नेतृत्व गर्दै

  • Technology Khabar | २७ आश्विन २०८०, शनिबार
एप्पल र सामसङले दोस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन बिक्रीको नेतृत्व गर्दै

काठमाडौं ।

एप्पल र सामसङले २०२३ दोस्रो त्रैमासमा ग्लोबल स्मार्टफोन बिक्रीको नेतृत्व गरेका छन्।

काउन्टरपोइन्ट रिसर्च रिपोर्टकाअनुसार, विश्वव्यापी मन्दीको बीचमा एप्पल र सामसङ स्मार्टफोनहरू अझै पनि ग्लोबल स्मार्टफोन बिक्रीको चार्टमा शीर्ष स्थानमा रहेका छन्।

सन् २०२३ दोस्रो त्रैमासमा स्मार्टफोन शिपमेन्टको विवरण दिने काउन्टरपोइन्ट रिसर्च रिपोर्टअनुसार, क्युपर्टिनो जायन्टले विश्वव्यापी स्मार्टफोन बिक्रीमा पहिलो चार स्थानहरू राखेकाे गिज्माेचाइनामा उल्लेख छ।

यसैबीच, सामसङ स्मार्टफोनले शीर्ष १० ट्यालीमा बाँकी स्थानमा पछ्याएको छ।

एप्पल आईफोन १४ सबैभन्दा धेरै बिक्रीको साथ शीर्षमा उभिएको छ र दोस्रो स्थानमा आईफोन १४ प्रो म्याक्स र तेस्रोमा आईफोन १४ प्रो छ।

केही वर्ष पुरानो एप्पल आईफोन १३ प्रो ले विश्वव्यापी स्मार्टफोनको बिक्री चार्टमा चौथो स्थान कायम गर्न सफल भएको छ। एप्पलले एशिया र युरोपमा आईफोनहरु बेच्न सफल भएकाे छ जहाँ यसले सबैभन्दा नयाँ प्रयोगकर्ताहरू प्राप्त गरेकाे बताइएकाे छ।

एप्पलको आधार आईफोन १४ र आईफोन १३ मोडलहरूले पनि वार्षिक आधारमा सकारात्मक वृद्धि दर्ता गरेका छन्। समग्रमा, टप-१० स्मार्टफोन सूचीमा एप्पलको सेयर दोस्रो त्रैमासमा थोरै घट्यो।

त्यस्तै एफाेर्डेबल सामसङ ग्यालेक्सी ए १४ ले चार्टमा पाँचौं स्थान सुरक्षित गर्न सफल भयो। यो सूचीमा क्रमशः ५ देखि १० औँ स्थानमा क्रमशः ग्यालेक्सी ए५४, ग्यालेक्सी ए१४ फाइभजी, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी ए ०४ ई र ग्यालेक्सी ए ३४ छन्।

सामसङको किफायती ए-श्रृङ्खलाले एशिया र ल्याटिन अमेरिकी क्षेत्रमा सबैभन्दा बढी बिक्री कमाउन सफल भएकाे उल्लेख छ। यी क्षेत्रहरूले दोस्रो त्रैमासमा ग्यालेक्सी ए शृङ्खलाको बिक्रीको ६० प्रतिशत हिस्सा ओगटेका थिए। त्यस्तै, थप प्रिमियम ग्यालेक्सी एस २३ अल्ट्रा उत्तर अमेरिकी र पश्चिमी युरोपेली क्षेत्रहरूमा लोकप्रिय रहेकाे बताइएकाे छ। क्षेत्रहरूले विश्वव्यापी ग्यालेक्सी एस २३ अल्ट्रा बिक्रीको २/३ औँ विश्वव्यापी रूपमा दर्ता गरेका छन्।

त्यस्तै एप्पल आईफोन १४ सिरिजले आईफोन १३  सिरीजलाई वर्षको तुलनामा सूचीको शीर्ष स्थानहरूमा रिप्लेस गरेकाे बताइएकाे छ। क्यू २ २०२३ मा ग्यालेक्सी एस २२ अल्ट्रा ५जी बिक्रीलाई यसको पूर्ववर्ती ग्यालेक्सी एस २३ अल्ट्राद्वारा प्रतिस्थापित गरिएको छ।

यसैबीच, कम्पनीको कुनै पनि स्मार्टफोनले शीर्ष १० विश्वव्यापी बिक्री सूचीमा स्थान सुरक्षित गर्न असफल भएपछि शाओमीको बजार हिस्सा कम हुँदै गएको स्पष्ट देखिएको छ। गत वर्ष, चिनियाँ ब्राण्डको रेड्मी नाेट ११ एलटीइ ग्लाेबलले १० औं स्थान हासिल गरेको थियो।

सामसङ र एप्पल दुबै अब कम्तिमा प्रिमियम खण्डमा हेड-टू-हेड प्रतिस्पर्धा गरिरहेका छन्। यद्यपि, कोरियाली जायन्ट अझै पनि किफायती बजार खण्डमा नेतृत्वमै छ।

प्रकाशित: २७ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार