Technology Khabar २५ आश्विन २०८०, बिहीबार
काठमाडौं ।
एलजीले आयातमा निर्भरता कम गर्न घरेलुरूपमा आवश्यक पर्ने ओएलइडी सामग्री विकास गरेको छ।
कोरियाली हेराल्डको भर्खरैको रिपोर्टअनुसार, एलजी डिस्प्ले र एलजी छेम, दुई प्रमुख कम्पनीहरूले मिलेर ओएलइडी स्क्रिनहरूको लागि पी-टाइप डोपेन्ट्स भनिने की मेटेरीयल विकास गरेका हुन्।
यसअघि अन्य देशहरुबाट किन्नुपर्नेमा आफ्नै देशमा थप ओएलइडी पार्ट्स बनाउन प्रयास गरिरहेका एलजी डिस्प्लेका लागि यो ठूलो कदम रहेको बताइएको छ। गत वर्ष, उनीहरूले स्थानीय आपूर्तिकर्ताहरूबाट प्राप्त सामग्रीको मात्रा ५८ प्रतिशतबाट ६४ प्रतिशतमा बढाएका थिए।
डोपेन्टहरूले ओएलइडीले काम गर्ने तरिका परिवर्तन गर्ने बताइएको छ। मेटेरियलहरु मध्ये एक प्रकार पी-प्रकार डोपेन्टहरूले, ओएलइडीलाई समान रूपमा चम्काउन, कम शक्ति प्रयोग गर्न र लामो समयसम्म टिक्न मद्दत गर्छ। यद्यपि, केही पी-टाइप डोपेन्टहरू हावाबाट सजिलै क्षति हुन सक्ने उल्लेख छ।
यो नयाँ उपलब्धि एलजी डिस्प्ले र एलजी केम बीचको १० वर्षको टिमवर्कको परिणाम रहेको बताइएको छ। एलजी डिस्प्लेले मेटेरियल डिजाइन गर्न काम गर्यो, जबकि एलजी केमले यसलाई बनाएको थियो। उनीहरूको नयाँ सामग्रीले पहिले किन्ने गरेकाे जस्तैनै काम गर्ने दाबी छ।
एलजी डिस्प्लेका कार्यकारी युन सु-यंगले उनीहरूले २०१३ मा आफ्नो पहिलो ठूलो ओएलइडी टिभी लन्च गरेदेखि नै आफ्नै मुख्य सामग्रीहरू बनाउन काम गरिरहेका थिए। यो नयाँ सामग्री नयाँ प्रकारको ओएलइडीको लागि अझ महत्त्वपूर्ण रहेकाे बताइएकाे छ।
आफ्नै पी-टाइप डोपेन्टहरू बनाएर, एलजी डिस्प्लेले अझ राम्रो सप्लाई चेन, आफ्ना विचारहरूलाई सुरक्षित राख्न र ओएलइडी बजारमा अगाडि रहने आशा राखेको छ। २०२३ को प्रारम्भमा, एलजीको विश्वव्यापी ओएलइडी टिभी बजारमा सोनी र सामसङ भन्दा पनि बढी र सबैभन्दा ठूलो हिस्सा थियो।
एलजी डिस्प्लेले यो नयाँ सामग्री भविष्यमा विभिन्न आकारका ओएलइडी प्यानलहरूमा प्रयोग गर्ने बताएकाे छ। एलजी डिस्प्लेका अर्का एक्जिक्युटिभ ली ह्युन-वूले स्थानीयरूपमा सामग्रीहरू बनाउनु र किन्नुले उनीहरूलाई ओएलइडी बजारमा फरक पार्ने बताए।
ओएलइडी प्रविधिमा आत्मनिर्भरता र प्राविधिक उन्नति तर्फको यो कदम विशेष गरी एप्पलसँग एलजीको सम्भावित सहकार्यलाई विचार गर्दा एउटा महत्त्वपूर्ण विकास हो। किनकी एप्पलले भविष्यका आईफोनहरूका लागि बेजेल-रहित ओएलइडी डिस्प्लेहरू सिर्जना गर्न सामसङ डिस्प्ले र एलजी डिस्प्लेसँग काम गरिरहेको रिपोर्टहरूले बताएका छन्।
प्रकाशित: २५ आश्विन २०८०, बिहीबार