सानिमा बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा तिलगंगा सिटि आँखा सेन्टरमा छुट

  • Technology Khabar | २३ आश्विन २०८०, मंगलवार
सानिमा बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा तिलगंगा सिटि आँखा सेन्टरमा छुट

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन्। साथै ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा रु ५० को परामर्श शुल्क मात्र लाग्ने छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

प्रकाशित: २३ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...