सामाजिक सञ्जालमा इजरायल घट्ना बारे असान्दर्भिक र असंवेदनशील सामग्री नराख्न सरकारको आग्रह

  • Technology Khabar | २२ आश्विन २०८०, सोमबार
सामाजिक सञ्जालमा इजरायल घट्ना बारे असान्दर्भिक र असंवेदनशील सामग्री नराख्न सरकारको आग्रह
फाइल तस्विर

काठमाडौं ।

सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ। यसको लागि सरकारले अनलाइनमार्फत आफ्नो बिबरण भर्न अनुरोध गरेको छ।

इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने लगायतका विषयहरुको बारेमा आजको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने र सोही आधारमा स्वदेश ल्याउने भएको हो।

यसैगरी सरकारले यस घटनाका सम्बन्धमा सामाजिक संजालमा जथाभावी विषय तथा सामग्रीहरु नराख्न समेत सबैलाई आग्रह गरेको छ।

“मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने,” मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।

प्रकाशित: २२ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार