अनरले सन् २०२४ को शुरुवातदेखि भारतमै आफ्ना स्मार्टफोन बनाउने

  • Technology Khabar | २३ आश्विन २०८०, मंगलवार
अनरले सन् २०२४ को शुरुवातदेखि भारतमै आफ्ना स्मार्टफोन बनाउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले सन् २०२४ को शुरुवातमा भारतमा स्मार्टफोन बनाउने योजना गरेको छ।

अनर इन्डियाका प्रमुख माधव सेठले स्थानीय बजारका लागि कम्पनीको व्यापार रणनीतिबारे कुरा बताएको इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ।

कम्पनीले हाल भारतमा आफ्नो स्मार्टफोनको उत्पादन सुरु गर्न लाेकल कन्ट्राक्ट मेनुफ्याक्चररहरू ल्याउने सम्भावनाको बारेमा छलफल गरिरहेको पनि उनले खुलासा गरेका छन्। कम्पनी अहिले तीन ओटा त्यस्ता निर्माताहरूसँग वार्तामा रहेको बताइएको छ।

वरिष्ठ कार्यकारीले ब्रान्डले आगामी वर्षको पहिलो त्रैमासिकबाट भारतमा नै अनर फोनहरूको उत्पादन सुरु गर्ने योजना बनाएको पनि बताए। उनले  अनरले भारतमा सञ्चालन र वितरण स्थापना गर्न ४०० करोड भारतीय रुपैँया लगानी गरिसकेको पनि पुष्टि गरेका छन्।

हाल, अनर ९० मोडलले अनर ब्रान्डेड स्मार्टफोनहरूको नयाँ लाइनअपको लहरको नेतृत्व गर्छ। त्यसैले  धेरै मोडलहरू यस क्षेत्रमा लन्च गर्ने योजनामा रहेकाे उल्लेख छ।

भारतमा चाडपर्वको सिजन नजिकिँदै गर्दा, कम्पनीले अफलाइन र अनलाइन दुवै च्यानलबाट अनर ९० को लागि ५० हजार भन्दा बढी युनिट बिक्री गर्ने लक्ष्य राखेको छ। यसले यो सिजनमा ५० करोड भारतीय रुपैँया मूल्यको बिक्री ल्याउने अपेक्षा गरेको छ।

प्रकाशित: २३ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार