
काठमाडौं ।
विश्वव्यापी प्राविधिक प्रतिबन्धहरूको बावजुद, चीनको अग्रणी लिथोग्राफी स्क्यानर उत्पादक शाङ्घाई माइक्रो इलेक्ट्रोनिक्स इक्विपमेन्ट (एसएमइइ), वर्षको अन्त्यसम्ममा आफ्नो पहिलो २८ एनएम-क्लास फेब्रिकेसन प्रोसेस स्क्यानर रोल आउट गर्ने तयारी गरिरहेको छ।
कम्पनीको हालको उन्नत स्क्यानरले आगामी एसएसए/८००-१० वाटलाई महत्त्वपूर्ण माइलस्टोन बनाउँदै ९० एनएम स्तरमा मात्र पुग्ने बताईएको छ।
लिथोग्राफी चिप निर्माणमा मुख्य तत्व हो, र २८ एनएम स्क्यानरले बिस्तारै चीनलाई चिपमेकिङ प्रविधिको लागि आयातमा कम निर्भर हुन सहयोग गर्नेछ।
आत्मनिर्भरतामा ध्यान दिँदै, विश्वव्यापी निर्यात कानूनहरूले उन्नत चिप उत्पादन उपकरणहरू प्राप्त गर्न गाह्रो बनाउँदै गर्दा चीनले विशेष गरी प्राविधिक सीमाहरू पार गर्न कडा जोड दिइरहेको छ।
अमेरिकी नीतिहरूले पहिले नै क्रिटिकल सब-१४ एनएम प्रविधिहरूमा पहुँच प्रतिबन्धित गर्दै चिनियाँ चिप उत्पादकहरूको योजनामा अवरोध गरेको छ।
नेदरल्याण्ड, जापान र ताइवानका अतिरिक्त नियमहरूले यो मुद्दालाई जटिल बनाएको छ। नतिजास्वरूप, एसएमआइसी र वाइएमटीसी जस्ता चीनका घरेलु दिग्गजहरूले आफ्नो नयाँ उत्पादन प्रक्रियाहरू अगाडि बढाउन अवरोधहरूको सामना गर्ने बताइएकाे छ।
एसएमइइको आगामी स्क्यानरलाई एक रणनीतिक सम्पत्तिको रूपमा हेरिएको छ जसले मुख्य रूपमा एसएमआइसी वा तोकिएको अनुसन्धान संस्थानलाई फाइदा पुर्याउने उल्लेख छ। तर, चुनौतीहरू बाँकी नै रहेको रिपोर्टमा भनिएको छ।
प्रमुख प्रश्न एसएमइइले २८ एनएम स्क्यानर सिर्जना गर्न सक्छ कि सक्दैन भन्ने मात्र नभएर, तिनीहरूले यसलाई स्केलमा निर्माण गर्न सक्नेछ वा सक्दैनन भन्ने पनि रहेकाे बताइएकाे छ।
ठूलो मात्रामा उत्पादन नभएसम्म यसको सकारात्मक प्रभाव सैद्धान्तिक नै रहने गिज्माेचाइनाको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २३ आश्विन २०८०, मंगलवार