
काठमाडौं ।
बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ। भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रिक स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गर्न लागिएको हो।
बैद्य्ज अर्गनाइजेशनले सधैं गुणस्तरिय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको छ।
एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाएअनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्नेछ। कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्नेछ। जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन्।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन्। ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन्।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ।
भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ।
बैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको कम्पनीका सीईओ सूर्यान्स बैद्यले बताए।
आफ्नो भावी योजना र रणनीतिका बारेमा बैद्यले भने, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौ । एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं। कटिङ एज टेक्नोलोजीमा आधारित इलेक्ट्रिक भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौं।’
नेपालमा एथर इनर्जीको उत्पाधन बिक्री बितरण गर्न लागेको बारे जानकारी दिदै एथर इनर्जी भारतका प्रबन्धक तरुण महेता र स्वप्निल जैनले भने, “हामी अन्तराष्ट्रीय बजारमा प्रवेश गर्यो त्यो प्रवेश बिन्दु नेपाल भयो। त्यसमा हामी निकै खुशी छौं। क्लीन इनर्जीमा नेपालले जुन किसिमको सफलता हासिल गरेको छ। त्यो क्लीन इनर्जीबाट संचालन हुने एथरका विद्युतिय साधन आगामी नोभेम्बर (कार्तिक) बाट उपलब्ध गराउने छौं।”
प्रकाशित: २२ आश्विन २०८०, सोमबार