फोनपेको नयाँ “सुपरयात्रा” अभियान, म्याकबुक एयर जित्ने मौका

  • Technology Khabar | २२ आश्विन २०८०, सोमबार
फोनपेको नयाँ “सुपरयात्रा” अभियान, म्याकबुक एयर जित्ने मौका

काठमाडौं ।

भुक्तानी प्रणाली संचालक, फोनपे ले “फोनपे सुपरयात्रा” नामक नयाँ अभियान संचालन गरेको छ। उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको छ।

“सुपरयात्रा” अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा रु २०० क्यास ब्याक को मजा लिन सक्ने छन्।

यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ।

फोनपेका चिफ स्ट्राटेजी अफिसर सुवोद शर्माले भने, “हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो। हाम्रो लक्ष्य धेरै भन्दा धेरै ग्राहकहरुलाई विधुतीय  भुक्तानी  प्रणालीमा  प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोहि लक्ष्यलाई अगाडी बढाउने एउटा कदम हो।”

प्रकाशित: २२ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार