सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध

  • Technology Khabar | १७ आश्विन २०८०, बुधबार
सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ।

ब्यूरोले आज सार्वजनिक अनुरोध गर्दै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु प्रबर्द्धन नगर्न भनेको हो।

यसका साथै व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुऱ्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन साइबर ब्यूरोका उप निर्देशक पशुपति कुमार रायले सबैमा अनुरोध गरेका छन्।

साथै प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ।

प्रकाशित: १७ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार