काठमाडौं ।
सरकारले सूचना प्रविधि उद्योगमा स्वचालितरुपमा सिधै लगानी गर्ने रकमको सीमा बढाएको छ।
उद्योग तथा बाणिज्य मन्त्रालयकाअनुसार अबदेखि स्वचालित मार्ग अर्थात अटोमेटिक रुटबाट लगानी गर्न चाहने विदेशी लगानीका लागि अधिकतम कुल पूँजीको सीमा ५० करोड रुपैयाँ तोकिएको छ।
यसअनुसार विदेशी लगानीमार्फत सूचना प्रविधिसहितका अन्य क्षेत्रहरुमा समेत त्यस्तो लगानीको सीमा बढाईएको हो। प्रकाशित राजपत्रकाअनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार नयाँ सीमा कायम गरिएको हो।
राजपत्रकाअनुसार सूचना प्रविधिमा आधारित उद्योग क्र.सं. उद्योग व्यवसायका क्षेत्रमा टेक्नोलोजी पार्क, आइ.टि. पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ, बिजिनेस प्रोसेस आउटसोर्सिङ (बि.पि.ओ.), नलेज प्रोसेस आउटसोर्सिङ (के.पि.ओ.), डाटा सेण्टर, डाटा माइनिङ्ग, क्लाउड कम्प्युटिङ्ग तथा वेब पोर्टल, वेब डिजाइन सेवालाई यसमा समावेश गरिएको छ।
सरकारले यसका साथमा द्रष्टव्यः उल्लिखित सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम सीमा लागु नहुने व्यवस्था समेत गरेको छ।
यसैगरी विद्युतीय उपकरणहरुको निर्माणमा पनि सोही सीमा कायम गरिएको छ।
यस्तो छ राजपत्र-
स्वचालित मार्ग र विदेशी लगानीको माथिल्लो सीमा,उद्योग व्यवसायका क्षेत्र तोक्ने (३१, ६-१५)प्रकाशित: १६ आश्विन २०८०, मंगलवार