
काठमाडौं ।
संगठनको एकीकरण र पुनर्संरचना र १.२ बिलियन अमेरिकी डलर ऋण सेटलमेन्टको कारण, एडटेक प्रमुख बाइजुले मार्च २०२४ सम्म नाफामा पुग्ने लक्ष्य राखेको समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
फर्मले अक्टोबरमा संस्थाभरि भूमिकामा दोहोरोपन अन्त्य गरी करिब ३,००० देखि ३,५०० कर्मचारी घटाउने अभ्यास सुरु गरेको छ।
‘थिंक एन्ड लर्न प्राइभेट लिमिटेड (टीएलपीएल) को पुनर्संरचनाले हालका कयौं व्यावसायिक युनिटमा फैलिएको परिचालनलाई के–१२ परीक्षण तयारी, अनलाइन, र हाइब्रिडको चार मुख्य क्षेत्रहरूमा सुव्यवस्थित गरिनेछ। श्रोतलाई नगद प्रवाहसँग मिलाउने उद्देश्यले व्यापारको पुनर्संरचनाबाट कम्पनीले आगामी मार्चसम्म चालू आर्थिक वर्षको चौथो त्रैमासिकमा ब्रेक-इभेन हासिल गर्नेछ,’ स्रोतले भन्यो।
यसअघि बाइजुले मार्च २०२३सम्म नाफामा पुग्ने लक्ष्य राखेको थियो।बाइजुले ३१ मार्च २०२१ मा सकिएको आर्थिक वर्षमा ४ हजार ५८८ करोड भारु घाटा व्यहोरेको थियो। यो अघिल्लो आर्थिक वर्षको भन्दा १९ गुणा धेरै हो।
विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०२०-२१ को आर्थिक वर्ष २०१९-२० को तुलनामा २३१.६९ करोड घाटा व्यहोरेको थियो। आर्थिक वर्ष २१ मा राजश्व आर्थिक वर्ष २०२० को तुलनमा २ हजार ५११ करोड भारुले घटेर २ हजार ४२८ करोडमा पुगेको थियो। तर आर्थिक वर्ष २०२२ मा कम्पनीले राजश्व चार गुणाले बढेर १० हजार करोड भारु पुगेको घोषणा गरेको छ। यद्यपि कम्पनीले उक्त वर्ष घाटा वा नाफा के भएको भनेर नखुलाएको लाइभमिन्टले उल्लेख गरेको छ।
कम्पनीले २०२१-२२ को ढिलाइ भएको वित्तीय नतिजालाई अन्तिम रूप दिन अक्टोबरको दोस्रो साता शेयरधनीहरुको बैठक बोलाएको छ।
‘बाइजुले १.२ बिलियन अमेरिकी डलर टर्म लोन बी सेटल गर्न मद्दतको लागि ईपीआईसीलाई बन्द गर्न लगानीकर्ताहरूसँग वार्ता गरिरहेको छ। कम्पनीले १५० दिनभित्र सेटल गर्न चाहेको छ। प्रस्ताव ऋणदाताहरूमा गएको छ र तिनीहरूको जवाफ पर्खिरहेको छ,’ स्रोतले भन्यो।
यदि आवश्यक भएमा बाइजुले ग्रेट लर्निङलाई पनि बन्द गर्न सक्छ, तर ईपीआईसी बिक्री मार्फत उठाइएको पैसाले यसको आवश्यकता पूरा हुने अपेक्षा गरिएको छ।
‘फन्ड संकलन बाहेक कम्पनीले व्यवस्थापन ब्यान्डविथलाई अनुकूलन गर्न यसको अन्तर्गत ३१ संस्थाहरूको पुनर्संरचना र एकीकरणमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ,’ स्रोतले भन्यो।
यसैबीच, फर्मले यसअघि मेरिटनेसन, ट्युटरभिस्टा, स्कॉलर र ह्यासलेर्नको एकीकरणको घोषणा गरिसकेको छ।
प्रकाशित: १५ आश्विन २०८०, सोमबार