प्रारम्भिक आईफोन १५ प्रोमा ब्याट्री फुल्ने प्रयोगकर्ताहरुको गुनासो

  • Technology Khabar | १४ आश्विन २०८०, आईतवार
प्रारम्भिक आईफोन १५ प्रोमा ब्याट्री फुल्ने प्रयोगकर्ताहरुको गुनासो

काठमाडौं ।

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स लन्च भएदेखि नै तिनीहरूमा अत्यधिक तात्ने समस्याहरू उत्पन्न भएको उल्लेख गरिएको छ। त्यसैगरी अब प्रयोगकर्ताहरूले आफ्ना आईफोन १५ को ब्याट्री फुल्ने समस्या रिपोर्ट गरिरहेका गीज्मोचाइनाले उल्लेख गरेको छ।

यु/लेदर_चीरियो_४०२ (u/Leather_Cheerio_402 ) युजरनेम (प्रयोगकर्ता नाम) भएको रेडिटरले आईफोन १५ प्रो को फुल्लिएको ब्याट्रीको छवि पोस्ट गरेको र त्यसले गर्दा डिस्प्ले पनि बल्ज (बाहिर उट्टिएको) भएको जनाइएको छ। साथै प्रयोगकर्ताका अनुसार फोन प्रयोग गरेको केही दिन मात्र भएको र फोनमा केस राख्न प्रयास गर्दा समस्या देखा परेको थप उल्लेख गरिएको छ।

त्यसैगरी यहाँ सबैभन्दा चाखलाग्दो कुरा के रहेको छ भने उक्त फोनमा ब्याट्री फुल्लिएको समस्या देखा परे पश्चात प्रयोगकर्ताहरूले सो फोनलाई एप्पल स्टोरमा लगेको तर उनीहरूलाई भने उक्त फोन किनेको ठाउँ अर्थात भेरिजोनमा नै फिर्ता लग्न भनिएको थियो भनेर उल्लेख गरिएको छ। आईफोन कम्यूनिटी (समुदाय) ले यस प्रतिक्रियाको लागि एप्पलको आलोचना गरेको र फोन जहाँबाट किनेको भए तापनि जीनियस बारले प्रयोगकर्तालाई मद्दत गर्न सक्षम हुनुपर्थ्यो उनीहरूले बताएका छन्।

भेरिजोनले यूनिट स्वाप (बदली) गर्न सहमत भएको फोनको मालिकले पछि थ्रेडमा उल्लेख गरेको जनाइएको छ। फुल्लिएको ब्याट्री भएको आईफोन १५ प्रोको यो पहिलो केस भएको र फोनमा ब्याट्रीहरू के कारणले फुल्यो भन्ने बारेमा भने कुनै स्पष्टता नभएको उल्लेख छ।

यो केवल एक पृथक घटना भएको भनी महत्त्वपूर्ण रुपमा ध्यान दिनु पर्ने जनाइएको भए तापनि ब्याट्री के कारणले फुल्यो भनेर थाहा नभएको उल्लेख गरिएको छ। यदि आफ्नो आईफोन १५ प्रो मा कसैले ओभरहिटिङ्गको समस्याहरु अनुभव गर्दै छन् भने यो निकै ध्यान दिनु पर्ने कुरा भएको भनी थप उल्लेख गरिएको छ।

त्यस्का साथै, यदि आफ्नो आईफोन १५ प्रो ब्याट्री फुल्लिएको छ भने तुरुन्तै यसको प्रयोग गर्न बन्द गर्नुपर्ने र एप्पल वा आधिकारिक सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्ने जनाइएको छ। फुल्लिएको ब्याट्री खतरनाक हुनुका साथै आगलागी निम्त्याउन सक्छ।

प्रकाशित: १४ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...