सामसङ ग्यालेक्सी ट्याब ए९ प्लस गुगल प्ले कन्सोलमा देखियो

  • Technology Khabar | १२ आश्विन २०८०, शुक्रबार
सामसङ ग्यालेक्सी ट्याब ए९ प्लस गुगल प्ले कन्सोलमा देखियो

काठमाडौं ।

सामसङले भारतमा ५ अक्टोबरमा आफ्नो मिडरेन्ज ग्यालेक्सी ट्याब ए९ लन्च गर्ने तयारी गरेको छ। जीएसएमएरिनाले गत हप्ता गुगल प्ले कन्सोल लिस्टिङमा डिभाइस देखेको उल्लेख गरेको छ।

नयाँ लिस्टिङ अनुसार ग्यालेकसी ट्याब ए९प्लस रेगुलर ट्याब ए९सँग लन्च हुन सक्छ।

ट्याब ए९प्लस १२०० वाई १९२० पिक्सेल रिजोल्युसन डिस्प्लेका साथ स्न्यापड्रागन ९६५ चिप र ४ जीबी र्याममा उपलब्ध हुनेछ। ट्याब ए९प्लसको डिस्प्ले उल्लेख गरिएको छैन। तर ट्याब ११ वा १२ इन्चको डिस्प्लेमा आउने अपेक्षा गरिएको छ। नयाँ लिस्टिङले एन्ड्रोइड १३ हुने पुष्टि गरेको छ। सम्भवत वान यूआई ५ मा सञ्चालन हुनेछ। सिंगल रियर क्यामरा र होरिजोन्टल फ्रन्ट बेजेलमा अवस्थित फ्रन्ट फेसिङ सूटर पनि देखिएको छ।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...