भारतको आईफोन फ्याक्ट्री पेगाट्रोनमा आगलागी

  • Technology Khabar | १० आश्विन २०८०, बुधबार
भारतको आईफोन फ्याक्ट्री पेगाट्रोनमा आगलागी

काठमाडौं ।

एप्पल आपूर्तिकर्ता पेगाट्रोनको भारतस्थित आईफोन फ्याक्ट्रीमा आगलागी भएको छ। आगलागीबाट बुधबारसम्म उत्पादन बन्द हुने अपेक्षा गरिएको छ।

एक राज्य औद्योगिक सुरक्षा अधिकारीका अनुसार पेगाट्रोन आगो चार्जिङ र्याकबाट सुरु भएको थियो। यहाँ फोनहरू एसेम्बली पछि परीक्षण गरिन्छ। यो भवनको पहिलो तलामा अवस्थित छ। आइतबार करिब ८ बजे २९ कर्मचारी रहेको अवस्थामा आगलागी भएको थियो।

कालो धुवाँ देख्ने बित्तिकै कर्मचारीहरूले सुविधा छोडेको र आगलागीका क्रममा ६ ओटा मेसिनमा क्षति पुगेको अधिकारीले बताए। तर उनले कस्ता प्रकृतिका मेसिनहरू प्रभावित भएको भनेर खुलास गरेनन्।

पेगाट्रोनले आइतबारको आगलागीलाई ‘स्पार्क इन्सिडेन्ट’  को रूपमा वर्णन गरेको छ। यस घटनाबाट कुनै चोटपटक नलागेको र ‘पेगाट्रोन कर्पोरेसनमा कुनै आर्थिक वा परिचालन प्रभाव नरहेको’ बताइएको छ, तर सोमबार र मंगलबारका लागि सबै एसेम्बली सिफ्टहरू स्थगित गरिएको रोयटर्सले पहिले रिपोर्ट गरेको थियो।

एप्पलसँग सम्बन्धित उत्पादनहरू उत्पादन गर्ने सुविधा भारतमा अवरुद्ध भएको यो पहिलो पटक होइन।

यस विषयमा जानकारी दिने चार स्रोतहरूले बुधवारको सिफ्ट पनि सम्भव नभएको बताए।

चार मध्ये स्रोतका अनुसार तमिलनाडु राज्यको चेन्नईको दक्षिणी शहर नजिकै चेङ्गलपट्टु क्षेत्रमा रहेको प्लान्टमा क्षतिको मर्मत भइरहेको छ, र सबैभन्दा खराब अवस्थामा शटडाउन पूरै हप्तासम्म रहन सक्ने बताइएको छ।

एक स्रोतका अनुसार घटना पछि एप्पलका प्रतिनिधिहरूल पेगाट्रोनसँग सहकार्य गरिरहेका थिए।

पेगाट्रोनले स्वतन्त्र सर्वेक्षकहरूलाई आगलागीको क्षतिको आकलन गर्न आग्रह गरेको पाँचौं स्रोतले बताएको छ। मिडियासँग बोल्ने अधिकार नभएकाले सबै स्रोतले आफ्नो नाम उल्लेख गर्न अस्वीकार गरेका छन्।

मंगलबार केही कामदारलाई भित्र पस्ने अनुमति दिइए पनि फ्याक्ट्री भने बन्द रहेको छ। कर्मचारीहरूलाई उनीहरूको आवासबाट प्लान्टसम्म लाने ल्याउने धेरै कम्पनीका बसहरु प्लान्ट बाहिर पार्क गरिएको अवस्थामा छन्। फ्याक्ट्रीबाहिर राखिएको बोर्डमा कम्पनीले वर्षमा करिब ५० लाख फोन एसेम्बल गर्ने लेखिएको छ।

यो अवरोध भारतमा एप्पल आपूर्तिकर्ताहरूलाई प्रभावित गर्ने पछिल्लो घटना हो। यहाँ अमेरिकी टेक जायन्टले घरेलु र निर्यात बजारहरूको लागि आईफोन र अन्य डिभाइस्हरूको निर्माण द्रुत रूपमा विस्तार गरिरहेको छ। प्रभावित पेगाट्रोन इन्डिया प्लान्टले देशमा एप्पलको आईफोन उत्पादनको १० प्रतिशत ओगटेको छ।

३९ हजार वर्ग मिटरमा रहेको प्लन्टमा करिब ८ हजार कर्मचारीहरु कार्यरत रहेको बताइएको छ। यहाँ नयाँ आईफोन १५ बन्दैन तर आईफोनको पुरानो भेरियन्टहरु पनि एसेम्बल गरिन्छ।

प्रकाशित: १० आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...