स्मार्टवाचको आयात ३१ प्रतिशतले घट्यो

  • Technology Khabar | ९ आश्विन २०८०, मंगलवार
स्मार्टवाचको आयात ३१ प्रतिशतले घट्यो

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ भदौ मसान्ससम्मको वैदेशिक व्यापारको तथ्यांकमा स्मार्टवाचको आयात घटेको देखिएको हो।

चालु आवको भदौ मसान्तसम्म ५ करोड ८ लाख ४१ हजार रुपैयाँ बराबरको ६९ हजार १०६ यूनिट स्मार्टवाच आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तमा ७ करोड ३९ लाख ३ हजार रुपैयाँ बराबरको ५३ हजार ३४९ यूनिट स्मार्टवाच आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा संख्यामा स्मार्टवाचको आयात बढे पनि रकमको आधारमा भने आयात घटेको देखिन्छ। गत आवको तुलनामा चालु आवका स्मार्टवाचको आयात १५ हजार ७५७ यूनिटले बढेको छ। तर रकमको आधारमा भने २ करोड ३० लाख ६२ हजार अर्थात ३१.२३ प्रतिशतले घटेको छ।

स्मार्टवाचको आयातबाट सरकारले १ करोड ६५ लाख १५ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

प्रकाशित: ९ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार