बजाजद्वारा ‘बजाज युगारम्भ’ योजनाको घोषणा

  • Technology Khabar | १ चैत्र २०७४, बिहीबार
बजाजद्वारा ‘बजाज युगारम्भ’ योजनाको घोषणा

काठमाडौं ।

काठमाडौं, १ चैत । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँ वर्ष २०७५ को योजना ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारासहित नयाँ योजना शुरु गरेको हो ।

सो योजनाले विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रवाह गर्नेछ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ । ‘बजाज युगारम्भ’ नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने बताईएको छ ।

यो अभियानका विशेषताहरुमा ‘७ हजार ५ सय रुपैयाँ स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७ हजार ५ सय रुपैयाँ नगद छुट पाउनेछन् । साथै हरेक खरिदकर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेश गराइने छ । जहाँ भाग्यशाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने कम्पनीले जानकारी दियो ।

‘नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन हामीले यो योजना सार्वजनिक गरेका हौं,’ यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।

प्रकाशित: १ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...