दुई महिनामा ५ अर्ब ३६ करोडको स्मार्टफोन आयात

  • Technology Khabar | ८ आश्विन २०८०, सोमबार
दुई महिनामा ५ अर्ब ३६ करोडको स्मार्टफोन आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ५ अर्ब ३६ करोड ५२ लाख ११ हजार रुपैयाँ बराबरको स्मार्टफोन नेपाल आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको भदौको तथ्यांक अनुसार ५ अर्ब ३६ करोड ५२ लाख ११ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ४८१ यूनिट फोन नेपाल आयात भएको छ।

स्मार्टफोनको आयातबाट सरकारले १ अर्ब ५ लाख ३६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा स्मार्टफोनको आयात घटेको देखिन्छ। गत आवको भदौ मसान्तसम्म ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको ४ लाख ३८ हजार ९८५ यूनिट स्मार्टफोन आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा ८१ करोड ५६ लाख ८५ हजार रुपैयाँ र ७२ हजार ५०४ यूनिटले स्मार्टफोनको आयात घटेको छ।

चालु आवको साउनमा २ अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको १ लाख ७९ हजार ९९७ यूनिट स्मार्टफोन आयात भएको थियो।

प्रकाशित: ८ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार