सामसङको गल्तिसँगै ग्यालेक्सी एस२३ एफई, ट्याब एस ९ एफई र बड्स एफई लीक

  • Technology Khabar | ८ आश्विन २०८०, सोमबार
सामसङको गल्तिसँगै ग्यालेक्सी एस२३ एफई, ट्याब एस ९ एफई र बड्स एफई लीक

काठमाडौं ।

पछिल्ला केही हप्तामा भइरहेका सामसङ ग्यालेक्सी फ्यान एडिसन डिभाइस ट्रियोको लीक्सहरुको तीव्रतालाई ध्यानमा राख्दा उक्त प्रोडक्टहरुको घोषणा मिति अब धेरै टाढा छैन्।

आफ्नै कमजोरीका कारण कम्पनीको अर्जेन्टिना शाखाले ग्यालेक्सी एस२३ एफई, ग्यालेक्सी ट्याब एस ९ एफई र ग्यालेक्सी बड्स एफई गरी आगामी सबै तीन उत्पादनहरू देखाउँदै एउटा तस्विर पोस्ट गरेको छ।

प्रकाशित तस्विरमा उक्त सबै तीन उपकरणहरूको नामकरण सहितको विवरणहरुका साथ आएको हुनाले सामसङले यस अघि नै सो प्रोडक्टहरुको घोषणा गरिसकेको जस्तो देखिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यद्यपी, यी उपकरणहरूको आधिकारिक अनावरण हुन बाँकी नै रहेको र यस लीकले कुनै नयाँ जानकारी भने दिएको छैन्। यस लीकले सबै तीन उपकरणहरूको डिजाइन मात्र पुष्टि गरेको जनाइएको छ।

आधिकारिक स्पेक्स, मूल्य निर्धारण र उपलब्धताको बारेमा जानकारीहरु आगामी दिनहरुमा आउने भए तापनि अक्टोबरमा पूर्ण विवरणहरु सार्वजनिक हुने सम्भावना धेरे नै रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ८ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ८ आश्विन २०८०, सोमबार