आजदेखि आईफोन १५ लाइनअपको बिक्री सुरु

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
आजदेखि आईफोन १५ लाइनअपको बिक्री सुरु

काठमाडौं ।

एप्पल आईफोन १५ लाइनअप गत शुक्रबारदेखि प्रिअर्डर सुरु भएको थियो। अहिले आईफोन १५ एप्पल स्टोर मार्फत अमेरिका, बेलायत, भारत, जर्मनी, जापान र चीनमा शुक्रबार (आज) देखि बिक्री सुरु भएको छ।

आईफोन १५ सिरिजमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छन्। भेनिला र प्लस भर्सन १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षमतामा पाँच कलर पिंक, एल्लो, ग्रिन, ब्लू र ब्ल्याकमा उपलब्ध छ।

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक ब्ल्याक टाइटेनियन, वाइट टाइटेनियम, ब्लू टाइटेनियन र नेचुरल टाइटेनियममा उपलब्ध छ। प्रो मोडेलमा अतिरिक्त १ टीबी स्टोरेजको विकल्प छ भने प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा उपलब्ध छ।

आईफोन १५ सिरिज २९ सेप्टेम्बरदेखि मकाउ, मलेसिया, भेतनाम सहित २१ मुलुकमा बिक्री सुरु जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार