वानप्लसको पहिलो फोल्डेबल स्मार्टफोन ओपन अक्टोबरमा सार्वजनिक हुने

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
वानप्लसको पहिलो फोल्डेबल स्मार्टफोन ओपन अक्टोबरमा सार्वजनिक हुने

काठमाडौं ।

वानप्लसले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने पुष्टि गरिसकेको छ। सम्भवत फोल्डेबल स्मार्टफोनको नाम वानप्लस ओपन हुनेछ। र यो फोल्डेबल स्मार्टफोन १९ अक्टोबरमा सार्वजनिक हुन सक्ने लाइभमिन्टले उल्लेख गरेको छ।

मिडिया रिपोर्टका अनुसार डिभाइसमा सम्भवत स्न्यापड्रागन ८ जेन २ एसओसी, १६ जीबी र्याम, २५६ जीबी स्टोरेज, डुअल डिस्पले (७.८ इन्च इनर र ६.३ इन्च कभर) हुनेछ।

ग्याजेड्स३६०को रिपोर्ट अनुसार वानप्लसले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन प्रस्तुत गर्ने योजना सार्वजनिक गरेको छ। तर आधिकारिक लन्च मिति र उत्पादनको नाम अझै पुष्टि हुन बाँकी छ।

पछिल्लो लीका अनुसार डिभाइसको नाम सम्भवत वानप्लस ओपन हुने र  १९ अक्टोबरमा डेब्यू गर्नेछ। यो अक्टा कोर क्वालकम स्न्यापड्रागन ८ जेन २ एसओसीमा १६ जीबी र २५६ जीबी इन बिल्ट स्टोरेजमा उपलब्ध हुनेछ।

यस्तै, चर्चित टिप्स्टर म्याक्क जाम्बोरले वानप्लस ओपन १९ अक्टोबरमा सार्वजनिक हुने सुझाव दिएका छन्।

फोनमा ५० मेगापिक्सेलको ओआईएस सेन्सर युक्त मुख्य क्यामरा सहित ४८ मेगापिक्सलेको अल्ट्रावाईड लेन्स र ३२ मेगापिक्सेलको पेरिस्कोप लेन्स हुनेछ। फ्रन्टमा सेल्फी र भिडियो कलका लागि डुअल ३२ मेगापिक्सेलको क्यामरा दिइने सम्भावना छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ५ आश्विन २०८०, शुक्रबार