सामसङ ग्यालेक्सी वाच ६ क्लासिक पीएक्सजी संस्करण लन्च

  • Technology Khabar | ६ आश्विन २०८०, शनिबार
सामसङ ग्यालेक्सी वाच ६ क्लासिक पीएक्सजी संस्करण लन्च

काठमाडौं ।

सामसङले ग्यालेक्सी वाच ६ क्लासिक पीएक्सजी संस्करण लन्च गरेको छ।

हालै ग्यालेक्सी वाच ६ थम ब्राउन संस्करण स्मार्टवाच लन्च पछि, सामसङले  ग्यालेक्सी वाच ६ क्लासिक पीएक्सजी संस्करण अनावरण गरेको हो।

सामसङले पार्सन्स एक्स्ट्रिम गल्फ (पीएक्सजी) सँग मिलेर काम गरेको यो पहिलो पटक भने होइन,यसअघि २०२१ मा ग्यालेक्सी वाच ४ शृङ्खलासँग सहकार्य गरेको थियो ।

ग्यालेक्सी वाच ६ क्लासिक पीएक्सजी संस्करण, यसको पूर्ववर्तीहरू जस्तै, गल्फ उत्साहीहरूका लागि उपयुक्त छ। सामसङले यस विशेष संस्करण वाचमा गल्फरको विश्वसनीय साथी, स्मार्ट क्याडी एप प्री-इन्सटल्ड गरेर अतिरिक्त माइल पार गरेको बताइएकाे छ।

त्यति मात्र नभएर यो प्याकेज गल्फरहरूसँग उनीहरूको खेलको लागि आवश्यक सबै कुरा सुनिश्चित गर्दै ६ गल्फ बल र एक स्टाइलिश क्यारी केसको साथ आउने उल्लेख छ।

सामसङ वाच दुई विशेष संस्करण वाचब्यान्ड र दुई कम्प्लिमेन्ट्री वाच फेसको साथ आउनेछ, जसले प्रयाेगकर्ताकाे गल्फिङ अटायरमा लग्जरी थप्ने बताइएकाे छ।

फङ्सनल रूपमा, प्रयाेगकर्ताले यस शृङ्खलाबाट आशा गर्ने सबै सुविधाहरू र प्रदर्शनहरू प्रदान गर्दै ग्यालेक्सी वाच ६ क्लासिक पीएक्सजी संस्करण यसको नियमित समकक्षीसँग समान रहनेछ।

हाल, सामसङले यो विशेष संस्करण दक्षिण कोरियामा लन्च गरेको छ। यसको ४३ एमएम संस्करणको लागि ८ लाख ६९ हजार काेरियन वन र ४७ एमएम मोडलको लागि ८ लाख ९९ हजार काेरियन वन  मूल्य रहेकाे छ।

सामसङको ग्यालेक्सी वाच ६ शृङ्खला आफ्ना पूर्ववर्तीहरूको तुलनामा पातलो बेजेलहरूका साथमा आउँछ। उनिहरूले भाइब्रेन्ट भिजुअलका लागि फुल-कलर अलवेज-अन-डिस्प्ले (एओडी) सँग सफायर क्रिस्टल सुपर एमोलेड प्यानलहरू सपाेर्ट गर्ने उल्लेख छ।

४० एमएम ग्यालेक्सी वाच ६ ले १.३ इन्च स्क्रिन र ३०० एमएएच ब्याट्री प्रदान गर्छ, जबकि ठूलो ४४ एमएम संस्करणमा १.५-इन्च डिस्प्ले र ४०० एमएएच ब्याट्री छ। ग्यालेक्सी वाच ६ क्लासिक १.३ इन्च स्क्रिन र १.५ इन्च प्यानलको साथ ४७ एमएम भेरियन्टको साथ ४३ एमएम मोडेलमा आउने बताइएकाे छ। ब्याट्री लाइफ प्रभावशाली छ। याे एओडी सक्रिय भएको ३० घण्टा सम्म र बन्द हुँदा ४० घण्टासम्म चल्ने उल्लेख छ।

हेल्थ ट्र्याकिङ तर्फ हार्ट रेट मनिटरिङ र अन्य स्वास्थ्य मेट्रिक्सका लागि सामसङ बायो एक्टिभ सेन्सर रहेको छ। यी वाचमा एक्सेलेरोमिटर, ब्यारोमिटर, जाइरो, जियाेम्याग्नेटिक सेन्सर र लाइट सेन्सर जस्ता सेन्सरहरू पनि समावेश रहेका उल्लेख छ।

गुगलको वेयर ओएसमा आधारित वान यूआई ५  मा चल्दै, यी स्मार्टवाचहरूले यूजर-फ्रेण्डली अनुभव प्रदान गर्छन्। डिभाइसहरुले डब्ल्यूपीसी-आधारित वायरलेस द्रुत चार्जिङलाई समर्थन गर्ने तथा एलटीइ, वाइ-फाइ २, एनएफसी, र जीपीएस जस्ता कनेक्टीभीटी अप्सनहरू प्रस्ताव गर्ने बताइएकाे छ।

त्यस्तै, तिनीहरू स्थायित्व र पानी प्रतिरोधको लागि ५ एटीएम र आईपी ६८ रेटिङहरूसँग आउँछन्।

प्रकाशित: ६ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार