ट्रूकलरमा शंकास्पद नम्बर अब रातो स्ट्राइपमा देखिने

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
ट्रूकलरमा शंकास्पद नम्बर अब रातो स्ट्राइपमा देखिने

काठमाडौं ।

कलर पहिचान र स्प्याम ब्लकिङका लागि चर्चित मोबाइल एप ट्रूकलरले रिब्रान्डिङका नयाँ आइकन र लोगा लन्च गरेको छ। ट्रूकलरको परिवर्तन एन्ड्रोइड गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा देख्न सकिन्छ।

रिब्रान्डिङका साथ कम्पनीले नयाँ एन्टी फ्रड फिचर सर्च कन्ट्याक्ट्स रोलआउट गरेको छ। यसको मद्दतबाट एपमा नम्बर तीन कलर क्याटगरीमा देखिन्छ।

हालसालै आफ्नो नाम परिवर्तन गर्ने प्रयोगकर्ताको नम्बर निलो कलरको स्ट्राइपमा देखिन्छ। एपमा नियमितरुपमा नाम परिवर्तन गर्ने प्रयोगकर्ताको नम्बर पहेंलो स्ट्राइपमा देखिन्छ। पछिल्लो ७ दिनमा ३ पटक भन्दा अधिक नाम परिवतर्न गर्ने प्रयोगकर्ताको नम्बर रातो स्ट्रिपमा देखिन्छ। यस्तो प्रयोगकर्ता शंकास्पद क्याटगरीमा आउँछन्। यसमा वार्निङ लेखिएको पनि देखिनेछ।

ट्रूकलरको सहसंस्थापक तथा सीईओ एलन ममेदीले भने, “हामी हाम्रो ब्रान्ड पहिचान र नयाँ लागोका लागि उत्साहित छौं। हामी हाम्रो प्रयोगकर्ता प्रति निरन्तर प्रतिबद्धता, लगातार विकसित हुनु तथा सुधार गर्न सँधै तत्पर रहेको देखाउँछ। हाम्रो लक्ष्य भनेको सबैको सञ्चारलाई सुरक्षित गर्ने हो।”

ट्रूकलरले पछिल्लो १४ वर्षमा कलर आइडेन्टिफिकेशनको रुपमा आफूलाई स्थापित गरेको छ। यस सेग्मेन्टमा कम्पनी मार्केट लिडर पनि हो। न्यूज एजेन्सी पीटीआईकाअनुसार विश्वभर ट्रूकलरको प्रयोगकर्ता ३५६ मिलियन छन्।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • ५ आश्विन २०८०, शुक्रबार