नियामकको हस्तक्षेपपछि भिडियो गेम फोर्टनाइटले इन-गेम आइटमको रकम फिर्ता दिँदै

  • Technology Khabar | ४ आश्विन २०८०, बिहीबार
नियामकको हस्तक्षेपपछि भिडियो गेम फोर्टनाइटले इन-गेम आइटमको रकम फिर्ता दिँदै

काठमाडौं ।

अमेरिकी अभिभावकहरूको आफ्नो अनुमति बिना बालबालिकाहरुले लोकप्रिय गेम फोर्टनाइटमा आइटम खरिद गरेको भए बुधबारदेखि रिफन्ड दाबी गर्न सक्ने भएका छन्।

अमेरिकी नियामकले गेमले खेलाडीहरूलाई अनपेक्षित खरिद गर्न र गोपनीयता भंग गरेको आरोप लगाएको छ।

फोर्टनाइट विकासकर्ता एपिक गेम्सले २०२२ मा २४५ मिलियन अमेरिकी डलर फिर्ता गर्न सहमत भएको थियो।

अहिले संघीय व्यापार आयोग (एफटीसी) ले ३७ मिलियन मानिसहरूलाई क्षतिपूर्तिको बारेमा सचेत गराउन सम्पर्क गर्ने प्रक्रिया सुरु गरेको छ।

विश्वको चर्चित भिडियो गेम मध्ये एक फोर्टनाइटको सक्रिय प्रयोगकर्ता ४०० मिलियन भन्दा बढी छन्। यो भिडियो गेम निःशुल्क खेल्न सकिन्छ। तर गेमको आइटमका लागि भने भुक्तानी गर्नुपर्ने हुन्छ।

एफटीसीका अनुसार एपिक गेम्सले “भ्रामक इन्टरफेस” को साथ खेलाडीहरूलाई ठगी गरेको छ। जसले खेल लोड हुँदा खरिदहरू ट्रिगर गर्न सक्छ। र साथै मानिसहरूको गोपनीयता उल्लंन गर्ने पूर्वनिर्धारित सेटिङ्स भएको आरोप लगाइएको छ।

यस सम्बन्धमा एपिक गेम्ससंग ५२० मिलियन अमेरिकी डलरको सम्झौतामा सहमति भएको थियो।

यसमा अभिभावकहरूलाई जानकारी नगरी फोर्टनाइटले आफ्ना प्रयोगकर्ताहरू, जसमा १३ वर्ष मुनिका प्रयोगकर्ताहरू छन्। उनीहरुको डाटा कसरी संकलन गरिन्छ भन्ने सम्बन्धमा २७५ मिलियन अमेरिकी डलर जरिवाना समावेश छ।

नियम तोडेको आरोपमा एफटीसीद्वारा गरिएको यो हालसम्मको उच्च जरिवाना भएको बीबीसीले उल्लेख गरेको छ। बाँकी रकम भुक्तानीको रुपमा रिफन्ड गरिनेछ।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार