
काठमाडौं ।
पहिलेको ट्विटर र हालको ‘एक्स’का मालिक इलन मस्कले प्लेटफर्म प्रयोग गर्न पैसा तिर्नुपर्ने हुनसक्ने सुझाव दिएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा मस्कले भुक्तानी प्रणाली बट्ससँग लड्ने एक मात्र तरिका भएको बताएको बीबीसीले रिपोर्ट गरेको छ।
‘हामी प्रणालीको प्रयोगको लागि सानो मासिक भुक्तान गर्न अघि बढिरहेका छौं,’ टेस्ला र स्पेसएक्सका मालिकले भने।
यो आकस्मिक टिप्पणी हो कि के भन्ने हालसम्म स्पष्ट हुन सकेको छैन। वा अझै घोषणा हुन बाँकी योजनाहरूको संकेत पनि हुन सक्छ।
मस्कले लामो समयदेखि सामाजिक सञ्जाल प्लेटफर्ममा बट्स र नक्कली अकाउन्टबाट छुटकारा पाउनको लागि आफ्नो समाधान प्रमाणीकरणको लागि शुल्क लिइरहेको बताउँदै आइरहेका छन्।
गत वर्ष ट्विटरको जिम्मेवारी लिएपछि उनले प्रयोगकर्ताहरूलाई उन्नत सेवाको लागि भुक्तान गर्न प्रोत्साहन गर्न खोजेका छन्। हाल यसलाई एक्स प्रिमियम भनिन्छ।
पेड सब्सक्राइबर्सलाई प्लेटफर्ममा लोमो पोस्ट र बढेको भिजिविलिटी लगायत सुविधा दिइएको छ।
यद्यपि हालसम्म प्रयोगकर्ताले निःशुल्क एक्स प्रयोग गर्न सक्छन्।
प्रकाशित: ३ आश्विन २०८०, बुधबार