
काठमाडौं ।
एप्पलको आईओएस १७ मा धेरै नयाँ सुविधाहरू पाइने भएका छन्। एप्पलले सोमबार आफ्नो नयाँ मोबाइल अपरेटिङ सिस्टम आईओएस १७ जारी गरेको छ। यो नयाँ आईफोन १५ सिरिजका साथसाथै पुराना आईफोनका लागि पनि रोल आउट गरिएको छ। आईओएस १७ (iOS 17) मा विभिन्न कस्टमाइजेसन र यूनीक फिचर्सहरू प्रदान गरिएका छन्।
नयाँ अपरेटिङ सिस्टम एप्पल आईफोन सेप्टेम्बर १८ तारिखदेखि उपलब्ध भएको छ। आईफोन १५ श्रृंखलाको समयमा नयाँ अपरेटिङ सिस्टमको रिलीज मिति प्रकट गरिएको थियो। एप्पलले जूनमा भएको डब्ल्यूडब्ल्यूडिसी २०२३ मा यो अपरेटिङ सिस्टम ल्याएको थियो भने केही महिनादेखि यसको परीक्षण भईरहेको थियाे।
हाल यो अपरेटिङ सिस्टम धेरै आईफोनहरूमा उपलब्ध हुनेछ। एप्पलले सेप्टेम्बर १७ मा आईप्याडओएस पनि रोलआउट गरेको छ। आईप्याडका लागि यो नयाँ अपरेटिङ सिस्टमका धेरै सुविधाहरू आईओएस १७ मा पनि देखिनेछन्।
नयाँ अपरेटिङ सिस्टमले आईओएस १६ को तुलनामा धेरै अपग्रेडहरू देख्नेछ। साथै, प्रयोगकर्ताहरूले यसमा विभिन्न कस्टमाइजेसन र नयाँ फिचर्सहरू पनि प्राप्त गर्नेछन्।
आईओएस १७ का मुख्य विशेषताहरू के छन् त ?
आईओएस १७ का टप सुविधाहरू
पर्सनलाइज्ड फोन कल्स: एप्पल आईओएस १७ मा नयाँ पर्सनलाइज्ड फोन कलहरुको अप्सन उपलब्ध हुनेछ। यसमा, प्रयोगकर्ताहरूले आफ्नो आईफोनमा आगमन कलहरूको लागि आफ्नो मनपर्ने फोटो वा इमोजी राख्न सक्ने बताइएको छ। रिङ्ग बज्दा, सोही फोटो वा इमोजी देखिने छ।
आई म्यासेज: नयाँ अपरेटिङ सिस्टमको आई म्यासेज सुविधामा परिवर्तन गरिएको छ। प्रयोगकर्ताले ‘+’ बटनको साथ सबै एपहरू देख्न सक्ने छन्। यसमा फोटो, अडियो म्यासेज र लोकेसनको अप्सन पाइने उल्लेख छ।
स्वाइप टू रिप्लाइ: आईओएस १७ मा एउटा क्याचअप एरो देखा पर्नेछ, जसको माध्यमबाट प्रयोगकर्ताले पहिलो सन्देशमा पुग्न सक्नेछन्। यति मात्र नभएर, प्रयोगकर्ताले स्वाइप नगरिकन पढिएका सन्देशहरूको पनि जवाफ दिन सकिने छ।
सर्च फिल्टर: सर्च फिल्टर एप्पलको नयाँ अपरेटिङ सिस्टममा उपलब्ध हुनेछ। यसमार्फत कुनै पनि सन्देश सजिलैसँग खोज्न सकिनेछ।
फेसटाइम: आईओएस १७ को अडियो-भिडियो कलिङमा ठूलो अपग्रेड देखिने छ। त्यसमा भिडियो वा अडियो म्यासेज रेकर्ड गर्न सकिनेछ। यसबाहेक, यो सुविधालाई एप्पल टिभीसँग पनि इन्टिग्रेट गरिएको छ। अब टिभीबाट पनि भिडियो कल गर्न सकिनेछ। यसमा, आईफोनको क्यामरालाई कल गर्नको लागि प्रयोग गरिने बताइएकाे छ।
नेमड्रप: एप्पलको नयाँ अपरेटिङ सिस्टममा नयाँ नेमड्रप फिचर आएको छ। यो सुविधा प्रयोग गरेर, प्रयोगकर्ताले सजिलैसँग आफ्नो आईफोन सम्पर्कहरू अरू कसैसँग शेयर गर्न सक्षम हुने उल्लेख छ।
आईओएस १७ कसरी डाउनलोड गर्ने ?
एप्पल आईओएस १७ को यी सबै नयाँ अपडेटहरूले तपाइँको आईफोन्सको अनुभव सुधार गर्नेछ। यो नयाँ एप डाउनलोड गर्न, तल दिइएको चरणहरू पालना गर्नुहोस्।
– सबैभन्दा पहिले आफ्नो आईफोनको सेटिङमा जानुहोस्।
– यसपछि जनरल सेटिङ्स विकल्पमा ट्याप गर्नुहोस्।
– अर्को विन्डोमा तपाईले सफ्टवेयर अपडेटको विकल्प पाउनुहुनेछ।
– तपाईंले सफ्टवेयर अपडेटमा ट्याप गरेर नयाँ आईओएस १७ अपडेट जाँच गर्न सक्नुहुन्छ।
– जब अपडेट उपलब्ध हुन्छ, डाउनलोड र स्थापना बटन ट्याप गर्नुहोस् र नयाँ अपरेटिङ सिस्टम डाउनलोड गर्नुहोस्।
– आईओइस १७ अपडेट डाउनलोड गर्नु अघि, सुनिश्चित गर्नुहोस् कि तपाईंको आईफोन राम्रो इन्टरनेट नेटवर्क वा वाई-फाईमा जडान भएको छ।
– फोन अपडेट गर्नु अघि, तपाइँका फाइलहरूको ब्याकअप लिनुहोस्, ताकि तपाइँको व्यक्तिगत र महत्त्वपूर्ण डाटा सुरक्षित रहन्छ।
प्रकाशित: ३ आश्विन २०८०, बुधबार