क्वालकमद्वारा स्न्यापड्रागन ७एस जेन २ अनावरण–मिडरेन्जको लागि ४एनएम चिपसेट

  • Technology Khabar | २ आश्विन २०८०, मंगलवार
क्वालकमद्वारा स्न्यापड्रागन ७एस जेन २ अनावरण–मिडरेन्जको लागि ४एनएम चिपसेट

काठमाडौं ।

क्वालकमले सप्ताहन्तमा ४एनएम प्रक्रिया टेक्नोलोजीमा निर्मित स्न्यापड्रागन ७एस जेन २ चिपसेट जारी गरेको छ। यो जेन ८ चिपहरू भन्दा धेरै कम बजेटमा फिट हुन सक्ने सक्षम प्लेटफर्म चाहने फोन निर्माताहरूका लागि यस नयाँ चिपसेट समाधान भएको बताएको छ।

अन्य कुनै पनि स्न्यापड्रागन ७ सिरिज चिपहरु भन्दा ७एसको सीपीयू कम शक्तिशाली हुने, आईएसपी पनि त्यति प्रभावशाली नहुने र समग्रमा थोरै कम स्थितिको संकेत गर्ने भनी गीज्मोचाइनामा उल्लेख गरिएको छ।

त्यसैगरी स्न्यापड्रागन ७एस जेन २ यस महिना लन्चको तालिकामा रहेको रेडमी नोट १३ सिरिजको साथ आउन सक्ने अनुमान रहेको छ।

यस अघि त्यहाँ फर्स्ट जेनेरेसन ७एस वा सेकेण्ड–जेन स्न्यापड्रागन ७ नभएकाले नाम सुन्दा भ्रामक लाग्न सक्ने जनाइएको छ। साथै, “एस” भनेको के हो भनेर पनि थाहा नभएको तर यो स्पष्ट रूपमा घटाइएको स्पेक्स्को मार्कर भएको उल्लेख गरिएको छ। सीपीयूमा पर्फमेन्स तर्फ २.४ गिगाहर्जमा चार ओटा कोर छन् भने इफिसेन्सी तर्फ पनि १.९५ गीगाहर्जमा अन्य चार ओटा कोर रहेको छ।

एड्रेनो जीपीयू स्पेसिफाईड नगरिएको तर यसले १४४हर्जमा एफएचडी प्लस रिजोल्युसन समर्थन गर्न सूचीबद्ध गरिएको छ। फास्ट कनेक्ट ६७०० कनेक्टिविटी प्लेटफर्म स्न्यापड्रागन ७ प्लस जेन २ मा ६९०० बाट एक कदम पछाडि हुनुका साथै उच्च डीएल स्पिड मात्र २.९ जीबीपीएस भएको जनाइएको छ। साथै ब्लुटुथ सपोर्टेड ५.२ मा क्याप गरिएको र यसले अझै पनि लो–इनर्जी अडियो समर्थन गर्दछ।

स्पेक्ट्रा आईएसपीले २०० मेगापिक्सेल सम्मको सिङ्गल क्यामरा र ३० एफपीएस (फ्रेम पर सेकेण्ड) मा फोरके भिडियो खिच्ने स्मार्टफोनलाई समर्थन गर्ने जनाइएको छ। साथै एलपीडीआरआर५ मा ३२०० मेगाहर्जको मेमोरीका साथै अन्य फिचर्सहरूमा यूएसबी–सी ३.१ र द्रुत चार्ज ४प्लस समावेश रहेका छन्।

यद्यपी नयाँ चिपसेटका साथ उपकरणहरू कहिले देखिनेछन् भनेर क्वालकमले आधिकारिक रूपमा समयसीमा जारी नगरेको उल्लेख छ।

प्रकाशित: २ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...