
काठमाडौं ।
क्वालकम चाइनाले विस्तारित वास्तविकता (एक्सआर) प्रविधिमा काम गर्न चीनको बाईदूसँग गैर-बाध्यकारी समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
कम्पनीले शुक्रबार आफ्नो सोशल मिडिया खातामा एक विज्ञप्तिमा सो एमओयू बारेमा जानकारी दिएको हो।
तिनीहरूले एक्सआर टेक्नोलोजी र मेटाभर्स पूर्वाधारहरूको नयाँ पुस्ता निर्माण गर्न जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा मिलेर काम गर्ने क्वालकमको विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: १ आश्विन २०८०, सोमबार