काठमाडौं ।
चीनले आईफोन वा अन्य कुनै विदेशी फोन ब्रान्डको प्रयोगमा प्रतिबन्ध लगाउन कुनै कानुन वा नियम जारी नगरेको बुधबार चिनियाँ सरकारका प्रवक्ताले बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी सधैं विदेशी कम्पनीहरूका लागि खुला छौं र उनीहरूलाई अवसरको फाइदा उठाउन र चीनको आर्थिक विकासको फल बाँड्नका लागि उनीहरुलाई स्वागत गर्दछौं।’
उनले थपिन् कि चीनले ‘एप्पलको आईफोनको सुरक्षा घटनाहरूमा धेरै मिडिया रिपोटर्स’मा ध्यान दिएको छ र देशले ‘सूचना र साइबर सुरक्षालाई ठूलो महत्व दिन्छ।’
माओले विस्तारमा नबताएको सीएनएनले उल्लेख गरेको छ। उनले चीनमा रहेका विदेशी सेलफोन कम्पनीहरूलाई देशको गोपनीयता कानूनको पालना गर्न र ‘कुनै पनि व्यक्ति वा संस्था’ लाई आफ्ना ग्राहकहरूको फोनमा स्टोर गरिएको डाटा चोरी रोक्न आग्रह गरिन्।
गत हप्ता, द वालस्ट्रिट जर्नलले यस विषयमा परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै चीनले केन्द्रीय सरकारी अधिकारीहरूलाई आईफोनहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। उक्त रिपोर्टको प्रभाव स्वरुप एप्पलको सेयरमा उच्च गिरावट आएको थियो।
प्रकाशित: २८ भाद्र २०८०, बिहीबार