
काठमाडौं ।
एप्पल आईफोन १५ सिरिज आधिकारिक रुपमा सार्वजनिक गरिएसँगै कम्पनीले आफ्ना केही पुराना मोडलहरू बन्द गर्ने निर्णय गरेको छ। त्यसैले अब आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स, आइफोन १३ मिनी र आइफोन १२ उत्पादन नहुने उल्लेख छ।
क्युपर्टिनो बेस्ड जायन्टले आईफोन १५ को लन्च पश्चात आईफोनका चारओटा मोडलहरू आधिकारिक रूपमा बेच्न रोकेको छ। यसको मतलब अब यी डिभाइसरू उत्पादन नहुने भन्ने बुझिन्छ। यद्यपी तिनीहरू अनलाइन र अफलाइन रिटेलर्स (खुद्रा विक्रेताहरू) मा स्टक समाप्त नभएसम्म अनलाइन सूचीबद्ध भने हुनेछन्।
आईफोन १४ प्रो म्याक्स अघिल्लो वर्षको टप–इन्ड मोडल रहेको थियो भने १४ सिरिजहरूमा बन्द गरिने पहिलो मोडल पनि भएको छ। त्यसैगरी, आईफोन १४ प्रो पनि २०२२ लाइनअपबाट बन्द गरिने अर्को डिभाइस हुने भएको छ।
त्यस्का साथै हटाइन लागिएका अन्य दुई डिभाइसहरूमा आइफोन १३ मिनी र सन् २०२० को आइफोन १२ समावेश रहेको छन्।
आफ्नो प्रकारको अन्तिम रहेको आइफोन १३ मिनी बन्द गरिएको मिनी सिरिजको अन्तिम इन्ट्रि भएको उल्लेख छ भने आइफोन १२ ले विभिन्न छूट र सेल्सका कारण बलियो बिक्री देखेको थियो।
प्रकाशित: २८ भाद्र २०८०, बिहीबार