टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, सुरुवाती मूल्य ४ लाख २९ हजार ९००

  • Technology Khabar | २७ भाद्र २०८०, बुधबार
टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, सुरुवाती मूल्य ४ लाख २९ हजार ९००

काठमाडौं ।

टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर – टीभीएसआईक्युब नाडा अटो शोमा लन्च गरेको छ । टीभीएसमोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टीभीएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

लन्चमा बोल्दै टीभीएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले भने, “टीभीएस मोटर्सले सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको छ । हामीले यसै गरि अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ । टीभीएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं । टीभीएसनेपालको अग्रणी कम्पनि हो । हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं। हामी विश्वस्त छौं कि जगदम्बा मोटर्स प्रालिले टीभीएसआईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ ।”

टीभीएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाईस प्रेसिडेन्ट, मनु सक्सेनाले भने, “नेपालमा टीभीएस आईक्युब लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं । विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टीभीएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। टीभीएस आईक्युबमा क्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण छ । साथै यो नयाँ एज–कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अत्यन्तै उपयोगी हुनेछ। टीभीएसआईक्युबले १५०,००० भन्दा बढी भारतीय ग्राहकहरूलाई एक शानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरेको छ। टीभीएसको भारतीय उपभोक्ताहरुले ७०० मिलियन किलोमिटर भन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका छन्र र ५७०० टनको कार्बन एमिशन घटाएका छन्, जुन १ मिलियन रूखहरू रोप्नु जस्तै हो। नेपालमा हाम्रो सक्षम र फराकिलो आफ्टर सेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिक प्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियम उत्पादनहरू उपलब्ध गराउने टीभीएस मोटर्सको प्रयास हो। यो भिजनलाई ध्यानमा राख्दै, टीभीएसआईक्युबको परिक्षण विगत केही महिनादेखि नेपालको विभिन्न भूभाग र मौसमको अवस्थाहरूमा व्यापक रूपमा गरिएको छ। टीभीएसआईक्युबको स्वामित्व हाम्रा ग्राहकहरूका लागि एक रोमाञ्चक अनुभव हुनेछ भन्ने कुरामामा हामी विश्वस्त छौं।”

लन्चमा बोल्दै जगदम्बा गु्र्रपका चेयरम्यान शाहिल अग्रवालले भने, “टीभीएस मोटर्सको नयाँ विद्युतीय स्कुटर टीभीएस आईक्युब नेपाली बजारमा लन्च गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। टीभीएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको क्षेत्रमा महत्वपूर्ण योगदान भएको छ। यसले हाम्रा ग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ। हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टीभीएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं। टीभीएसकोे जुन पहिला देखिको रेन्ज छ त्यसैलाइ आईक्युबले पनि निरन्तरता दिनेछ र भविष्यको लागि नयाँ बेन्चमार्क सिर्जना गर्नेछ। नेपालमा अटोमोटिभ क्षेत्रमा ईभि प्रविधिको बढ्दो प्रयोग भइरहेको छ र टीभीएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाट ईभी लिने विकल्प दिएको छ। टीभीएस मोटरसँगको हाम्रो साझेदारीले गुणस्तर र भ्याल्यु प्रदान गर्ने हाम्रो समर्पणको उदाहरण दिन्छ। हामी टीभीएस आईक्युबले व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा पार्ने सकारात्मक प्रभाव हेर्न उत्सुक छौं।”

टीभीएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ। ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन्। आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन्। सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टीएफटी क्लस्टरले इन्टर्याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगायतका सुविधाहरु प्रदान गरेको छ। ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ। साथै यूएसबी चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ। लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आईक्युबले ७८ किलोमिटर प्रतिघण्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ। टीभीएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन्। यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ। ४.५ घन्टामा ०–८०% सम्म चार्जिङ टाइम रहेको टीभीएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ। साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ। रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ।

टीभीएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ। टीभीएसस्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन्। कुनै पनि स्मार्ट फोनलाई टीभीएसआईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ। एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ। यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ।

प्रिमियम सुविधाहरूसहितको टीभीएस आईक्युब एस पहिलो एक हजार ग्राहकहरूका लागि ४ लाख २९ हजार ९०० रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध छ।

भृकुटीमण्डपमा आजबाट सुरू भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टीभीएसआईक्युबको बारेमा विस्तृत जानकारीका लागि टीभीएस्कोे स्टल नंं जे ११ मा गएर हेर्न सकिनेछ। साथै टीभीएस नेपालको वेबसाइट  तथा काठमाडौंमा रहेका टीभीएस्को ६ वटा डिलरसिपमा सम्पर्क गर्न सकिनेछ ।

टीभीएस आईक्युबका मुख्य विशेषताहरूः

  1.  ४.६ किलोवाटको पीक पावर, १४० एन एमको टर्क
  2. ३.३४ किलोवाटको रेटेड पावर
  3.  ७८ किमी/घण्टाको टप स्पिड
  4. ४.२ सेकेन्डमा ०–४० किमी÷घन्टा एक्सेलेरेशन
  5.  १०० किलोमिटरको एकल चार्जको रेन्ज
  6.  रिभर्स÷फर्वाड पार्किङ असिस्ट
  7. ७ इन्चको टीएफटी क्लस्टर, ५–वे जोइस्टिकको साथ
  8. म्युजिक प्लेयर नियन्त्रण
  9. नाइट मोड
  10. स्मार्ट हेलमेट कनेक्टिभिटी
  11. आगमन कल÷एसएमएस अलर्ट
  12. क्लस्टरमा कागजात स्टोरेज
  13. ३२ लिटर अन्डरसीट स्टोरेज
  14. १० डिग्रीको ग्रेडेबिलिटी

प्रकाशित: २७ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...