
काठमाडौं ।
टेस्लाले अमेरिकामा इभी बजारको नेतृत्व गर्दै १ लाख ८८ हजार रोजगारी सिर्जना गरिरहेको एक रिपोर्टमा दाबी गरिएको छ।
ब्लू ग्रीन एलायन्स फाउन्डेसन र एटलस पब्लिक पोलीसीको प्रतिवेदनका अनुसार,सिलिकन भ्यालीलाई प्रायः अमेरिकाको टेक बूमको स्पटलाइट मानिए पनि, बढ्दो ईभी बजारका कारण अमेरिकाका इलेक्ट्रिक वाहन (इभी) उद्योगका पावरहाउस क्षेत्रहरू मध्य-पश्चिम र दक्षिणी क्षेत्रहरू रोजगारी सिर्जना र लगानीको केन्द्र बनेका छन्।
तथ्याङ्कहरूका अनुसार, नयाँ डाटाले हालका वर्षहरूमा इभी क्षेत्रमा गरिएको अमेरीकी डलर १५४ बिलियन भारी लगानी मध्ये, ठूलो हिस्साले यी प्रायः बेवास्ता गरिएका क्षेत्रहरूलाई फाइदा पुर्याएको उल्लेख छ।
अनुसन्धानले देशभर १ लाख ८८ हजार रोजगारीहरू सिर्जना गरिएको र विशेष गरी, यो आर्थिक गतिविधि मध्य-पश्चिम र दक्षिणमा स्थानीयकरण भएको देखिएकाे बताइएको छ।
३१९ इभी सुविधाहरूमध्ये ३२ प्रतिशत दूर्गम र विपन्न समुदायहरूमा अवस्थित रहनुलाई अझ आकर्षक पक्ष मानिएको छ। यसले ग्रामीण रोजगारीका अवसरहरू खोलेको तथा जसले इभी बूममा महत्त्वपूर्ण सामाजिक-आर्थिक आयाम थपेको उल्लेख छ।
अमेरिकी श्रम तथ्याङ्क ब्यूरोका अनुसार, लेबर सोलिडारिटीको प्रदर्शनमा, यी सुविधाहरू मध्ये १० प्रतिशतको अमेरिकी औसतको दोब्बर भन्दा बढी २५ प्रतिशत यूनियनाइज्ड रहेकाे बताइएको छ।
टेस्ला २५ हजार ५ सय रोजगारीका साथ एक प्रमुख रोजगार निर्माताको रूपमा रहेको छ। यसलाई फोर्ड, रिभियन, र एलजी जस्तै अन्य कम्पनीहरुद्वारा नजिकबाट पछ्याइएको छ, जसले प्रत्येक १५ हजार इभी रोजगारीहरू उत्पन्न गरेको उल्लेख छ। एलजी, टेस्ला, जनरल मोटर्स र फोर्ड जस्ता कम्पनीहरूको नेतृत्वमा रहेको लगानीले २०२२ मा लगभग अमेरिकी डलर ७० बिलियनमा पुग्दै रेकर्ड उचाइमा पुगेको उल्लेख छ।
राष्ट्रपति बाइडेनको मुद्रास्फीति न्यूनीकरण ऐन र द्विदलीय पूर्वाधार कानून जस्ता अनुकूल नीतिहरुलाई यसकाे क्रेडिट दिइएकाे छ। यी नीतिहरूले इभी खरीददारहरूलाई कर क्रेडिट मात्र प्रदान गर्दैन बरु स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने विषयहरु समावेश गरेको बताइएको छ।
प्रकाशित: २७ भाद्र २०८०, बुधबार