मिडिया टेकको नयाँ चिपसेट डायमेन्सिटी ९३०० मा अत्याधिक तात्ने समस्या

Technology Khabar २७ भाद्र २०८०, बुधबार

काठमाडौं ।

मिडिया टेकको आउन लागेको नयाँ चिपसेट डायमेन्सिटी ९३०० अत्याधिक तात्ने समस्यामा रहेको बताइएको छ। विभिन्न रिपोर्टका चर्चाहरूमा उल्लेख भएअनुसार मिडिया टेकले अक्टोबरमा यसको डायमेन्सीटी ९३०० एसओसी अनावरण गर्न तय गरिएको छ। यो अत्याधुनिक चिपले टीएसएमसीको एन ४ पी प्रक्रिया प्रयोग गर्ने तथा आगामी स्न्यापड्रयागन ८ जेन ३ र एप्पल ए १७ बायोनिकसँग प्रतिस्पर्धा गर्न तयार रहेको छ।

यद्यपि, नयाँ चिपले बाटोमा केही चुनौतीहरूको सामना गरेको देखिएको उल्लेख छ।

आगामी डाइमेन्सिटी ९३०० एसओसी यसको अपेक्षित क्लकको गतिमा चल्दा स्पष्ट रूपमा ओभरहिटिङ्ग अर्थात अधिक तात्ने भइरहेको चर्चित लीकर इभान ब्लासले बताएका छन्।

डाइमेन्सिटी ९३००ले ३ प्लस १ लेआउटमा व्यवस्थित ४एक्स कर्टेक्स्ट-एक्स ४ र ४ एक्स कर्टेक्स्ट -ए ७२० कोरहरूको कन्फिगरेसन फिचर गर्दै दक्षता कोरहरू त्याग्ने छनोट गरेर तरंगहरू सिर्जना गरेको बताइएको छ। केवल हाइ-पर्मरमेन्स कोरहरूको यो समावेश सम्भवतः एसओसी ओभरहिटिङ्गको कारण रहेको उल्लेख छ।

आगामी स्न्यापड्रयागन ८ जेन १ चिपका साथमा फोन निर्माताहरू फोनहरूलाई धेरै तातो हुनबाट जोगाउनमा केन्द्रित छन्। उनीहरूले बजारमा बाहिर आउने बित्तिकै तुरुन्तै कूलर स्न्यापड्रयागन ८ जेन १ मा स्विच गरेका बताइएको छ।

मिडिया टेक एक कठिन अवस्थामा रहेको तथा यदि उनीहरूले त्यस्तै अवस्थामा चिपहरू पठाएमा, धेरै फोन कम्पनीहरूले तिनीहरूलाई प्रयोग गर्न नचाहने तथा चिपको प्रदर्शनलाई सुस्त बनाएमा आकर्षक नहुने उल्लेख गरेकाे छ।

अघिल्लो रिपोर्टहरूका अनुसार आगामी डाइमेन्सिटी ९३०० मा ३ गीगाहर्ज मिनीमम क्लक स्पीड रहेको थियो। यसलाई डाइमेन्सिटी ९२०० भन्दा ५० प्रतिशत बढी पावर-इफिसियन्ट पनि भनिएको बताइएकाे छ।

प्रकाशित: २७ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया