
काठमाडौं ।
मेटाको थ्रेड्स एपले “संवेदनशील” विषयहरूको खोजीहरू रोकेर जानकारी प्रसारको लागि एक यूनिक रेस्ट्रीक्टीभ एप्रोच लिइरहेको छ।
भर्खरैको अप्डेटमा, थ्रेड्सले प्रयोगकर्ताहरूलाई “कोभिड,” “कोरोनाभाइरस,” “भ्याक्सिनहरू,” र अन्य विषयहरुमा प्राय: गलत जानकारीसँग जोडिएका शब्दहरू खोज्नबाट रोक्ने सुविधा रोल आउट गरेको हो।
वाशिंगटन पोस्ट द्वारा पहिलो पटक खुलासा गरिएको, यी सीमितताहरू भ्रामक सामग्रीको फैलावट रोक्न मेटाको पछिल्लो कदमको रूपमा काम गरेकाे उल्लेख छ। कम्पनीका प्रवक्ताले यसलाई “अस्थायी उपाय” भनेका छन्, यो विगतको आलोचनाहरूलाई ध्यानमा राख्दै थप सावधानी अपनाउने प्रयासको अंश हो भनेर जोड दिएका छन्।
इन्स्टाग्राम र थ्रेड्सका प्रमुख एडम मोसेरीले कम्पनीले “विगतका गल्तीहरूबाट सिक्ने प्रयास गरिरहेको छ” ट्वीट गर्दै बताए।
यद्दपी, यसले झूटा जानकारीको सर्कुलेशनसँग लड्न मद्दत गर्दै गर्दा अर्को तर्फ, यसले प्रयोगकर्ताहरूलाई विषयहरूमा वैध, तथ्यमा आधारित पोस्टहरू पहुँच प्राप्त गर्नबाट रोक्ने बताइएको छ। कम्पनीले प्रयोगकर्ताहरूलाई गलत जानकारीबाट जोगाउने लक्ष्य राख्दै गर्दा यसले उनीहरूलाई सम्भावित मूल्यवान अन्तर्दृष्टि र स्रोतहरूबाट पनि रोकिरहेको उल्लेख छ।
मेटाको उक्त कार्य जानकारी सतर्कताकाे लागी अगाडि बढ्ने सही बाटो हो वा यसले सम्भावित रूपमा महत्त्वपूर्ण सार्वजनिक बहसलाई बाधा पुर्याउँछ भन्ने बारे एउटा महत्त्वपूर्ण प्रश्न खडा गरेको बताइएको छ। सामाजिक सञ्जाल र सत्य बीचको जटिल सम्बन्धलाई नेभिगेट गर्न जारी राख्दा, सुरक्षा र खुला संवाद बीचको सन्तुलन खोज्नु महत्त्वपूर्ण चुनौती बनेको उल्लेख छ।
प्रकाशित: २६ भाद्र २०८०, मंगलवार