Technology Khabar २६ भाद्र २०८०, मंगलवार
काठमाडौं ।
डिजिटल वालेट “आइएमई पेले” एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ।
यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र भएको कम्पनीले जनाएको छ।
प्रकाशित: २६ भाद्र २०८०, मंगलवार