रूस माथि आक्रमण रोक्न युक्रेनमा स्टारलिंकको सेवा सीमित गरिएको इलन मस्कको दाबी

  • Technology Khabar | २५ भाद्र २०८०, सोमबार
रूस माथि आक्रमण रोक्न युक्रेनमा स्टारलिंकको सेवा सीमित गरिएको इलन मस्कको दाबी

काठमाडौं ।

इलन मस्कले युक्रेनमा स्टारलिंक (स्याटेलाइट इन्टनेट कम्पनी) को उपलब्धता सीमित गरिदिएको पुष्टि गरेका छन्। युक्रेनी सैन्य आक्रमण विफल गर्न युक्रेनलाई स्टारलिंकको उपयोग गर्ने अनुमति दिन अस्वीकार गरेको इलन मस्कले पुष्टि गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

अरबपतिले यो निर्णय ‘युद्धको प्रमुख कार्यमा संलग्न’ हुनबाट जोगिनको लागि गरिएको दाबी गरे। तर यसले सैन्य मामिलामा कुलीन वर्गको भूमिकाको सन्दर्भमा गम्भीर प्रश्नहरू खडा भएको छ।

वाल्टर इसाक्सनको मस्कको आगामी वायोग्राफीलाई उद्धृत गर्दै सीएनएनद्वारा रिपोर्ट गरिएको थियो। पुस्तकमा, मस्कले २०२२ को अवस्थाको वर्णन गर्दै, त्यस समय युक्रेनले क्रिमियाको तटमा रसियाको नौसेना माथि आक्रमण गर्ने योजना बनाएको थियो।

जुन जहाज र समुद्री ड्रोनबाट आक्रमणको प्रयास गरिएको थियो। यसको कनेक्टिभिटीका लागि स्टारलिंकमा निर्भर थियो। तर स्याटेलाइट इन्टरनेट सेवा यस क्षेत्रमा सक्रिय थिएन (मस्कले पछि एक्समा दाबी गरेका थिए)।

जब युक्रेनले यसलाई सक्रिय गराउनको लागि ‘आपतकालीन अनुरोध’ गर्यो, मस्कले त्यसलाई अस्वीकार गरे र ड्रोनहरूले ‘कनेक्टिभिटी गुमाए र हानिरहितरूपमा निस्कृय भए,’ स्पष्टरूपमा रूसी जहाजहरूलाई कुनै क्षति पुगेन।

एक हिसाबले कुरा एकदम सरल छः सरकारले एक निजी कम्पनीबाट सेवाको लागि अनुरोध गर्यो जुन कम्पनीका नेताले अनुपयुक्त ठाने र त्यसलाई अस्वीकार गरे।

स्टारलिंक टर्मिनलहरू कक्षमा रहेको स्पेसएक्स भूउपग्रहहरूसँग जोडिन्छन् र युक्रेनमा इन्टरनेट जडान र सञ्चार कायम राख्नको लागि महत्त्वपूर्ण भएको छ किनभने द्वन्द्वले देशको पूर्वाधारमा बाधा पुर्याएको छ।

स्पेसएक्स, जसमा मस्क सबैभन्दा ठूलो सेयरहोल्डर हुन्, गत वर्ष फेब्रुअरीमा रुसले आफ्नो छिमेकीमाथि पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनलाई हजारौं स्टारलिंक स्याटेलाइट डिशहरू उपलब्ध गराउन थालेका थिए।

पुस्तकको दावीको जवाफ दिँदै, मस्कले एक्समा भने कि स्पेसएक्सले “कुनै पनि कुरालाई निष्क्रिय पारेन” किनभने यो ती क्षेत्रहरूमा पहिलो स्थानमा सक्रिय गरिएको थिएन।

प्रकाशित: २५ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार