यस वर्षको अन्त्यमा एम ३ चिपसहितको म्याकबुक नआउने सम्भावना 

  • Technology Khabar | २५ भाद्र २०८०, सोमबार
यस वर्षको अन्त्यमा एम ३ चिपसहितको म्याकबुक नआउने सम्भावना 

काठमाडौं ।

हाल एप्पलको अर्को एम ३ लाइन चिप्सको धेरै चर्चा चलिरहेको छ। अफवाहहरूकाअनुसार आगामी चिप्सको नयाँ परिवार हालको एम२ सिलिकन भन्दा धेरै शक्तिशाली हुने उल्लेख गरिएको छ।

एम३ चिपहरू स्पष्ट रूपमा एप्पल ए १७ बायोनिक आर्किटेक्चरमा आधारित हुनेछन्। साथै एम ३ चिपले सेप्टेम्बर १२ मा आईफोन १५ परिवार भित्र समावेश भएर अनावरण हुने अपेक्षा गरिएको छ। त्यसैगरी यसले एम३ चिप्स र डिभाइसहरू चाँडो भन्दा चाँडो आउँदैछन् भन्ने अनुमानलाई पनि जगाएको उल्लेख छ।

उद्योग विश्लेषक मिङ–ची कुओका अनुसार यथार्थ भने सायद त्यस्तो नहुन सक्छ। एप्पलले एम३ म्याकबुक मोडलहरू “यस वर्षको अन्त्य अघि’ जारी गर्ने योजना नबनाएको एक स्रोतलाई उदृत गर्दै बताएका छन्। एप्पल डेस्कटप प्रोडक्टहरूको भोल्युम कम्पनीको ल्यापटपहरू भन्दा धेरै कम भएकाले पर्याप्त चिपहरू प्राप्त गर्न सक्छन् भन्ने विचार प्रस्तुत गरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

एप्पलले आफ्नो एम३ चिप्सको निर्माणको लागि प्रयोग गरिरहेको टीएसएमसीको ३एनएम प्रोसेस (प्रक्रिया) मा पहिलेदेखि नै धेरै व्यस्त र सक्रिय रुपमा जुटेको उल्लेख छ। इल्ड स्पष्टरूपमा एउटा मुद्दा भएतापनि हालैको रिपोर्टले एप्पलले कम्तिमा यस वर्षको अन्त्यसम्ममा टीएसएमसीको सम्पूर्ण ३एनएम क्षमता खरिद गरिसकेको उल्लेख गरेको छ।

तसर्थ अब उपभोक्ताहरूले एम३ म्याकबुक र सम्भावित आईप्याडका लागि पनि सन् २०२४ सम्मका लागि पर्खनुपर्ने जनाइएको छ।

प्रकाशित: २५ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार