
काठमाडौं ।
ह्वाट्सएपले आगामी “च्याट फिल्टर” सुविधाको एक भागको रूपमा “ग्रुप्स” नामक नयाँ सुविधामा काम गरिरहेको छ।
प्रयोगकर्ताहरूलाई च्याट फिल्टर सेक्सन भित्र ग्रुप च्याटहरू फिल्टर गर्न दिनका लागी व्हाट्सएपले उक्त सुविधामा काम गरेको हो। एड-अन हाल विकास अन्तर्गत छ र “च्याट फिल्टर” सुविधा जारी भएपछि उपलब्ध हुने बताइएको छ।
यसको उद्देश्य विशेष गरी विभिन्न उद्देश्यका लागि बहू समूहहरूको भाग रहेका प्रयोगकर्ताहरूलाई ग्रुप अन्तरक्रियाहरुमा राम्रो नियन्त्रण प्रदान गर्नु रहेको छ।
जबकि “च्याट फिल्टर” सुविधा अझै पनि स्टेबल च्यानलको लागि काममा रहेको उल्लेख छ। अपडेट संस्करण २.२३.१९.७ ले ह्वाट्सएप बीटामा महत्त्वपूर्ण सुधारहरू ल्याउने बताइएको छ।
“पर्सनल” फिल्टर स्पष्ट भिन्नताका लागि “कन्ट्याक्टस” मा पुन: नामाकरण हुने उल्लेख छ। “पर्सनल” मा ग्रुप र कम्यूनीटीहरू पनि समावेश रहेका, तर नयाँ “कन्ट्याक्टस” अप्सनले व्यक्तिगत कुराकानीहरू मात्र समावेश गर्नेछ। “बिजनेस” फिल्टर हटाइएको तथा यसको सट्टामा नयाँ “ग्रुप” फिल्टर प्रस्तुत गरिएको बताइएको छ।
नयाँ “ग्रुप” फिल्टरले विशेष रूपमा ग्रुप कन्भरसेसनहरू समावेश गर्ने तथा प्रयोगकर्ताहरूलाई द्रुत पहुँचको लागि उनीहरूको ग्रुप च्याटहरूको सूची हेर्न अनुमति दिने उल्लेख छ। यो सुविधा काम, परिवार, साथीहरू, वा सौखहरूका लागि धेरै ग्रुपहरूमा समावेश भएकाहरूका लागि विशेष उपयोगी रहेको बताइएको छ।
प्रकाशित: २५ भाद्र २०८०, सोमबार